Jan 30 2025 | २०८१, माघ १७ गते

images
images

चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन

चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १७ २०८१
  • चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन

    चितवन । जिल्लामा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ । 

    images
    images
    images

    संयन्त्रमा  कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहेका छन् । जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुङगाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहेका छन् । एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिए । 

    उनले भने, “सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो ।” यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उनले बताए । 

    यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीन/तीनजनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट