images

Nov 27 2026 | २०८३, मंसिर ११ गते

एक्स्ट्रममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

एक्स्ट्रममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

ग्रिन म्यानियाकदेखि एक्स्ट्रिमली लाइटसम्म, युवापुस्ताको बदलिँदो रुचिलाई ध्यानमा राख्दै एक्स्ट्रम इनर्जी ड्रिंकले ल्यायो पाँच नयाँ फ्लेभर

बुधबार, मंसिर ९ २०८३
बुधबार, मंसिर ९ २०८३
  • एक्स्ट्रममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

    काठमाडौं। एक्स्ट्रमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका थप विकल्पहरू ल्याएको छ। युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रम इनर्जी ड्रिंकका पारखीहरूले अब एउटै ब्रान्डमा एक्स्ट्रम इनर्जीसँगै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन्।

    कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो। फरक स्वादसँगै आकर्षक नामले पनि यी फ्लेभरलाई विशेष बनाएका छन्।

    ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि "ग्रिन म्यानियाक", मस्कट अङ्गुरको स्वाद रुचाउनेका लागि "श्रेक अट्याक" र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि "ट्रिपल पञ्च" ल्याइएको छ। त्यसैगरी, रास्पबेरी स्वादका पारखीका लागि "रास्प एन्ड फ्युरियस" र अर्को नयाँ विकल्पका रूपमा "एक्स्ट्रिमली लाइट" पनि बजारमा आएको छ।

    कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो। पाँच फरक स्वादका ड्रिंकहरूको बिक्री वितरण पनि सुरु भइसकेको छ।

    उपभोक्ताको रुचि र माग समयसँगै बदलिँदै गएको अवस्थामा एक्स्ट्रमले आफ्नो उत्पादनको दायरा फराकिलो बनाएको हो। कम्पनीले स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई भविष्यमा पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार