Dec 04 2024 | २०८१, मंसिर १९ गते

images

जितका लागि विराटनगरलाई १८३ रनको लक्ष्य 

जितका लागि विराटनगरलाई १८३ रनको लक्ष्य 

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १८ २०८१
  • जितका लागि विराटनगरलाई १८३ रनको लक्ष्य 

    कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक सहयोगमा सुदूरपश्चिम राअ‍ेयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससामु जितका लागि १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    images
    images
    images


    काठमाडौँमा जारी एनपीएलमा बनेको यो सर्वाधिक रनको योगफल हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल तयार पारेको हो।

    कप्तान दीपेन्द्र सिंह ऐरी ५७ र वसन्त खत्री ४ रनमा नटआउट रहे। दीपेन्द्रले २३ बलमा ३ चौका र ५ छक्का मद्दतमा अर्धशतक पूरा गरे। दीपेन्द्रले २४ बलमा ३ चौका ५ छक्का सहयोगमा ५७ रन बनाए। 

    छैटौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र इसान पाण्डेले ४७ रनको साझेदारी गरे। इसान १४ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा रनआउट भए। 

    ब्रान्डोम मुलेन ३६ रन बनाउँदै क्याच आउट हुन पुगे। २६ बलमा २ चौका र २ छक्का हानेका मुलेन बसिर अहमदको बलमा निकोसल किर्तोनको हातबाट क्याच आउट भए। 

    स्कट कुग्लेजिन १० रन बनाउँदै क्याच आउट भए। सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमायो। ५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए।

    दोस्रो विकेटका रूपमा ओपनर विनोद भण्डारी २३ रन बनाउादै पेभेलियन फर्के। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुन पुगे। ओपनर अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा १ रन बनाउँदै क्याच आउट भए। 

    विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक विकेट आफ्नो नाममा गरे। विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार