Dec 26 2024 | २०८१, पुस ११ गते

images
images

दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु

दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
  • दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु

    तनहुँ । तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । 

    images
    images
    images

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो । भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

    रु दश करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आइएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो । 

    पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाए । पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउण्डेसनको काम भइरहेको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माणपश्चात आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बेसीसहर जान सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार