Dec 26 2024 | २०८१, पुस ११ गते

images
images

महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
  • महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका छन्  ।

    images
    images
    images

    नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उनले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका हुन्।

    उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवीले गरेको सङ्घर्षले हालको उपलब्धि हासिल भएको बताए । “वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भने ।

    उनले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताए । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घ स्थापना गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार