Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी : मन्त्री चौरसिया

कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी : मन्त्री चौरसिया

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १ २०८१
  • कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी : मन्त्री चौरसिया

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

    images
    images
    images

    राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा कानुन व्यवसायी परिषद् ऐन (दोस्रो संशोधन) विधेयक, २०५१ माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । “कानुन व्यवसायलाई व्यावसायिक र समयसामयिक बनाउन परिषद्को ऐन परिमार्जन गर्न जरुरी छ”, मन्त्री चौरसियाले भने,“अनुशासनको कारबाही, वरिष्ठ अधिवक्ताको मापदण्डलाई थप प्रभावकारी बनाइएको छ, यसले कानुन व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गर्छ । समितिमा बृहत् छलफल गरेर परिमार्जन गर्नुपर्छ ।” 

    सोही मन्त्रालयका सचिव उदयराज सापकोटाले लयर्स एकेडेमी खोलेर कानुन व्यवसायीलाई तालिम दिने व्यवस्था गरिएको र विधेयक धेरै विषय परिमार्जन गरेर आएको बताए । उनले तालिमका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भने धेरै प्रश्न उठ्ने गरेको र विधेयकमा विभिन्न चरणमा सजायका प्रावधानहरू रहेको जानकारी दिए ।

    समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकमाथि सैद्धान्तिक छलफलपछि सरोकार भएका पक्ष र विज्ञसँग छलफल गरेर दफावार छलफल गरिने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट