Dec 22 2024 | २०८१, पुस ७ गते

images
images

महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी

महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ५ २०८१
  • महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    images
    images
    images

    बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्थाका रूपमा स्थापित छ । 

    आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासङ्घको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देशबीचको व्यापार घाटा करिब रू सात अर्ब बराबर छ । 

    नेपालबाट हाल फेल्ट, गलैँचा, धागोलगायत परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासङ्घको विश्वास छ ।नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको वताए । 

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको सोे कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताए । 

    ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासङ्घको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमको जानकारी गराए । साथै, द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।

    ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरूबारे पनि प्रकाश पारे। विदेशी मुद्रा सञ्चिति करिब १७  अर्ब डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी लगानीकर्तालाई दिए । नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो । अध्यक्ष ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरको खोजी गर्न निमन्त्रणा दिँदै महासङ्घको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार