एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. बीच दुई पक्षिय सम्झौता
एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. बीच दुई पक्षिय सम्झौता
एन आई सी एशिया क्यापिटल र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लि. बीच क्यापिटलको IDEA to IPO सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि (IPO) जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडलाई क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडलाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम प्राथमिक शेयर IPO निष्कासन गर्न एन आई सी एशिया क्यापिटल लिमिटेड र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीज्यूलाई मोवाइल नं.९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सकिने छ ।