Dec 27 2024 | २०८१, पुस १२ गते

images
images

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ११ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ११ २०८१
  • राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

    चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । आज बिहीबार स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए।
     
    उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।” 

    images
    images
    images

    आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे । फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए । सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार