Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण

पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १२ २०८१
  • पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको नवौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान तथा जिम्मेवारी हस्तान्तरण गरिएको छ । भद्रकालीप्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच निर्वाचन समितिका संयोजक राजु शाक्यले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

    images
    images
    images

    यसैबीच शाखाका निवर्तमान अध्यक्ष पवित्रा गुरागाईंले अध्यक्ष कृष्ण सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरे। कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै राससको उन्नयनमा नयाँ कार्यसमितिले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले व्यवस्थित, व्यावसायिक, मर्यादित र श्रमको सम्मान गर्ने महासङ्घको अभियानमा  रासस प्रतिष्ठानले सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे । 

    महाप्रबन्धक सिद्धराज राईले महासङ्घले श्रमअधिकारसँगै राससको सुदृढिकरणमा पनि योगदान दिनुपर्नेमा जोड दिए । रासस व्यवस्थापनले कर्मचारीको वृत्तिविकासका लागि स्रोत सुनिश्चित गरेको र यस कार्यमा महासङ्घलगायत राससमा क्रियाशील पेसागत सङ्गठनले सकारात्मक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
         
    प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले महासङ्घको छविलाई उजिल्याउन, पेसागत मर्यादा र पत्रकारको वृत्तिविकासका सवालमा रासस शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे । महासङ्घ रासस प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष पवित्रा गुरागाईंले नेतृत्वले जिम्मेवारी ग्रहण गर्नुजत्तिकै हस्तान्तरण गर्नुपनि महत्वपूर्ण भएकाले सो कार्य गर्न पाउँदा खुसी लागेको बताए ।
         
    प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष कृष्ण सापकोटाले महासङ्घको नेतृत्व, अग्रज तथा रासस व्यवस्थापनसँग हातेमालो गर्दै पत्रकारिताको विकास र श्रमअधिकारका सवालमा आफूहरु सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।

    महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष सूर्यचन्द्र बस्नेत, निर्वाचन समितिका संयोजक राजु शाक्यलगायतले विगतका राम्रा कामको निरन्तरतासँगै थप रचनात्मक काम गर्न आग्रह गरे ।
     
    नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले राससलगायत प्रतिष्ठान र आम पत्रकारहरुसँग सहकार्य गर्दै श्रमजीवीको हकहित रक्षा र महासङ्घको गरिमालाई उँचो बनाउन लागिपर्ने बताए । 
     
    गत मङ्सिर २८ गते सम्पन्न निर्वाचनमा अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मितिबाट चयन गरिएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्णप्रसाद मिश्र, महिला उपाध्यक्षमा अभिलाषा पोखरेल, सचिवमा चेतबहादुर (सिबी) अधिकारी, सहसचिवमा कुमारीकमला पौडेल, समावेशी सहसचिवमा गीता पराजुली, कोषाध्यक्षमा नवीन पौडेल चयन भएका छन् । यसैगरी, सदस्यमा सिर्जना राई (थापा), रेशमा शाक्य, प्रमोद कार्की र रोशा बस्नेत तथा परिषद् सदस्यमा प्रकाश सिलवाल र छविलाल कुमाल (समावेशी) चुनिएका थिए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट