Jan 22 2025 | २०८१, माघ ९ गते

images
images

कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने 

कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ८ २०८१
  • कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने 

    चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्। दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे । 

    images
    images
    images

    आज पत्रकारहरुसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए । उनले भने, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए । 

    स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार