Aug 11 2026 | २०८३, साउन २६ गते

मधेश प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिश

मधेश प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिश

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १८ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १८ २०८१
  • मधेश प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिश

    जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिश गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न  मन्त्रीपरीषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

    images

    बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मङ्गलबार अपराह्न एक वजेका लागि आह्वानगर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिश गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिए । 

    सरकारको सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने सवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा वैठक बोलाउन मागगर्दे आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट