इशानको वार्षिक क्यालेन्डर अनुसार ‘दोस्रो ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप’ हुँदै
इशानको वार्षिक क्यालेन्डर अनुसार ‘दोस्रो ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप’ हुँदै
काठमाडौँ । ई-स्पोर्ट्स संघ नेपाल (इशान)को वार्षिक क्यालेन्डर अनुसार ‘दोस्रो ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप’ फागुनको दोस्रो साता आयोजना हुने भएको छ ।
प्रतियोगिता फागुनको ८, ९ र १० गते काठमाडौंमा आयोजना हुन गई रहेको छ । प्रतियोगितामा ई फुटबल, मोबाईल लिजेन्ड्स, पब्जी मोबाईल, डोटा टू, भ्यालोरेन्ट, कस प्ले गरी ६ ई-इस्पोर्ट विधालाई समावेश गरिएको छ ।
प्रतियोगिताको मुख्य पुरस्कार २५ लाख रुपैयाँ रहेको छ । नेपालको ई स्पोर्ट्स क्षेत्रमा पहिलोपटक सबैभन्दा ठुलो पुरस्कार राशीको साथ प्रतियोगिता आयोजना हुन गईरहेका छ । देशभरबाट खेलाडीले खल्ती एप मार्फत् शनिबारबाट टिम दर्ता गर्न सनेछ ।
छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछन् भने फाइनल खेलको मुख्य ईभेन्ट काठमाडौंमा सम्पन्न गरिनेछ ।
इशानले यस प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङको अधिकार सप्लाई अनलिमिटेडलाई तीन वर्षका लागि प्रदान गरेको छ । सम्झौता अनुसार प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण सप्लाई अनलिमिटेडले गर्नेछ । यस प्रतियोगिताको ब्राण्ड एम्बास्डरको रुपमा चलचित्रकर्मी तथा ई-गेमिङका प्रबद्र्धक निश्चल बस्नेतलाई नियुक्त गरिएको छ ।
ई स्पोर्ट्स संघ नेपालले स्थापनाको तेस्रो महिनामै सुर्खेतमा पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गरेको थियो ।
यस वर्ष समेत वार्षिक क्यालेन्डरको घोषणा गरेर पहिलो कार्यक्रमको रुपमा बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको सफलतापूर्वक आयोजना सम्पन्न गरिसकेको छ साथै इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप सञ्चालन भैरहेको छ ।