Jan 08 2025 | २०८१, पुस २४ गते

images
images

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २३ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २३ २०८१
  • बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ ।
          
    न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो ।

    images
    images
    images

    आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गरेका थिए ।
     
    सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले अध्यक्ष घिमिरेले सात दिनभित्र आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन आदेश गरेको थियो । अध्यक्ष घिमिरेले बारका तर्फबाट लिखित जवाफ पेस गरिसकेका छन्

    नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना गरेको उल्लेख गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट