Jan 10 2025 | २०८१, पुस २६ गते

images
images

नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक चार वर्षपछि बस्यो

नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक चार वर्षपछि बस्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
  • नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र बैठक चार वर्षपछि बस्यो

    काठमाडौँ। विगत चार वर्षदेखि हुन नसकेको नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आज (शुक्रबार) काठमाडौँमा सुरु भएको छ।

    images
    images
    images

    बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरवलोकनसम्मका विषय उठान गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्त्वपूर्ण साझेदार भएकाले भारतसँगका यस्ता छलफल निकै महत्त्वपूर्ण हुने उल्लेख गरे।

    उनका अनुसार, नेपाल-भारतबीच केही समयदेखि व्यापार पारवहनमा देखिएका समस्या समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए। उनले एकअर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेका प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नेजस्ता एजेन्डा पनि नेपालका तर्फबाट उठाइनेछ।

    बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर बैठकमा सहभागी भएकाले बैठक उपलब्धिमूलक हुने आशा रहेको पनि अधिकारीले बताए। नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने र भारत त्यो विषयमा सकारात्मक रहेको उनको भनाइ छ। यस बैठकबाट नेपाली निर्यातकर्ताका लागि बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने विश्वास नेपाली पक्षको छ।

    बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेको छ। नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँचको विषयलाई प्राथमिकता दिन सुझाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार