Jan 10 2025 | २०८१, पुस २६ गते

images
images

लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ : गृहमन्त्री लेखक

लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ : गृहमन्त्री लेखक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
  • लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ : गृहमन्त्री लेखक

    कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उनले समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले यसविरुद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताएका हुन् । 

    मन्त्री लेखकले पछिल्लो समय लागुऔषधबाट विशेष गरी किशोरकिशोरी प्रभावित भइरहेकाले विद्यायस्तरबाटै अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । स्थानीय सरकार र निजी सङ्घसंस्थाको भूमिका यसमा थप प्रभावकारी हुने उनको भनाइ थियो । “समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ । यसविरुद्ध अभियान सञ्चालन गर्नु आवश्यक छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै अभियन सुरुआत गरोस्”, गृहमन्त्री लेखकले भने ।  

    उनले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरिएकाले यसको परिपालना र शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिनुपर्ने बताए । मन्त्री लेखकले विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको अब चाडै सो विधेयक पारित गरी शिक्षालाई सुलभ, सरल र सबैको पहुँच विस्तारमा सरकार केन्द्रीत हुने बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट