Feb 17 2025 | २०८१, फागुन ५ गते

images
images

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
  • ‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफैँ बदलिन सुझाव दिएका छन् । 

    images
    images
    images

    ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताए । उनले युवाहरुलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिए ।
     
    मुख्यमन्त्री कँडेलले भनेयो, “युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरु लाग्नुपर्दछ ।”

    बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उनले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताए । 

    आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरुले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट