Feb 23 2025 | २०८१, फागुन ११ गते

images
images

एडुसमिट सेकेन्डरी स्कुलले भव्य रूपमा मनायो आफ्नो १४ औं वार्षिकोत्सव 

एडुसमिट सेकेन्डरी स्कुलले भव्य रूपमा मनायो आफ्नो १४ औं वार्षिकोत्सव 

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ११ २०८१
  • एडुसमिट सेकेन्डरी स्कुलले भव्य रूपमा मनायो आफ्नो १४ औं वार्षिकोत्सव 

    काठमाडौँ । टोखाको सुर्यदर्शन हाइटमा रहेको एडुसमिट सेकेन्डरी स्कुलले आफ्नो १४औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलामान सिंह राउतको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला तथा विशिष्ट अतिथि नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार लिलानाथ भण्डारीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे।

    images
    images

    विद्यालयका प्रधानाध्यापक सन्जु प्रधानले कार्यक्रममा सम्बोधन गर्दै विद्यालयको वर्तमान अवस्था, शैक्षिक उपलब्धि, र भावी योजनाबारे चर्चा गरिन्। उनले एडुसमिट सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा र अनुशासनमा आधारित विद्यार्थी उत्पादन गर्न सफल भएको उल्लेख गर्दै भविष्यमा अझ राम्रो शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। विद्यालयका शिक्षकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई सम्मान गरिएको थियो। 

    कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, कविता वाचन तथा नाटक प्रदर्शन गरी उपस्थित दर्शकहरूको मन जितेका थिए। अभिभावकहरूले विद्यालयले प्रदान गर्दै आएको शिक्षाको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्जवल भविष्यका लागि एडुसमिट स्कुल एक उत्कृष्ट शैक्षिक गन्तव्य भएको धारणा व्यक्त गरे।

    एडुसमिट सेकेन्डरी स्कुलले २०८० सालको एसईई परीक्षामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। यो विद्यालय टोखा नगरपालिकाको उत्कृष्ट दश विद्यालयभित्र पर्ने शिक्षालयमध्ये एक हो। विद्यालय प्रशासनले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना अघि सारेको छ । जसले विद्यार्थीहरूलाई थप अध्ययनमा सहजता प्रदान गर्ने बताइएको छ । वि सं २०६७ मा स्थापना भएको यस विद्यालयले सुरुवाती समय देखि नै विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। गुणस्तरीय शिक्षा प्रणाली, अनुभवी शिक्षकहरू र अनुशासित शैक्षिक वातावरणका कारण एडुसमिट टोखा क्षेत्रको एक उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई स्कुलबारे बुझ्दा उनीहरूले एडुसमिटले विद्यार्थीहरूको भविष्य निर्माणका लागि उत्कृष्ट वातावरण प्रदान गरिरहेको बताएका छन्। स्कुलको अनुशासन, शिक्षकहरूको मेहनत, र विद्यार्थीहरूको नतिजा हेर्दा अन्य विद्यालयहरूको तुलनामा एडुसमिट उत्कृष्ट रहेको उनीहरूको भनाइ छ।

    विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले पनि शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। विद्यालयले आगामी वर्षहरूमा प्रविधिमा आधारित शिक्षण प्रणालीलाई थप परिष्कृत गर्दै विद्यार्थीलक्षित विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने योजना बनाएको छ। टोखाका शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन एडुसमिट सेकेन्डरी स्कुलको योगदान महत्वपूर्ण रहँदै आएको छ। विद्यालयले आगामी दिनहरूमा पनि शिक्षाको गुणस्तरमा थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट