Aug 12 2026 | २०८३, साउन २७ गते

अक्टोबर महिनामा एक लाख २८ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण

अक्टोबर महिनामा एक लाख २८ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १७ २०८२
  • अक्टोबर महिनामा एक लाख २८ हजारभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण

    काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।

    images

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।

    अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए ।

    यसैगरी, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बंगलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट