images

Sep 30 2026 | २०८३, असोज १४ गते

एनपिएल फाइनल शनिबार: उपाधि दौडमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएल फाइनल शनिबार: उपाधि दौडमा सुदूरपश्चिम र लुम्बिनी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
  • एनपिएल फाइनल शनिबार: उपाधि दौडमा सुदूरपश्चिम र लुम्बिनी

    काठमाडौं । दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को निर्णायक खेल  शनिवार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
    लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यस पटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

    गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यस पटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवैबिचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

    एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट