Aug 12 2026 | २०८३, साउन २७ गते

पार्टी विभाजन होइन, मिलेर अगाडि बढ्ने वातावरण बनाउनुपर्छ: देउवा

पार्टी विभाजन होइन, मिलेर अगाडि बढ्ने वातावरण बनाउनुपर्छ: देउवा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १८ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १८ २०८२
  • पार्टी विभाजन होइन, मिलेर अगाडि बढ्ने वातावरण बनाउनुपर्छ: देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे ।

    images

     ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए । 

    भेटमा केन्द्रीय सदस्यहरू आङगेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला सङ्ग्रौलासहितका केन्द्रीय सदस्यहरू थिए । केन्द्रीय सदस्य शेर्पाले आफूहरूले सभापति देउवालाई भेटेर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटिरहेको जानकारी  दिएका छन् ।

    बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । त्यो विवाद समाधानको प्रयास गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ । केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता टुङ्ग्याएर वडा तहको अधिवेशन सुरु गर्न सभापति देउवालाई सुझाएका थिए ।

    विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पार्टी जोगाउन र नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने वातावरण निर्माण गर्न सभापतिलाई आग्रह गर्‍यौँ । 

    पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गर्दै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट