Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपाको बन्दसूची सच्याउन तीन सदस्यीय कार्यदल, आज केन्द्रीय समिति बैठक

रास्वपाको बन्दसूची सच्याउन तीन सदस्यीय कार्यदल, आज केन्द्रीय समिति बैठक

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २० २०८२
  • रास्वपाको बन्दसूची सच्याउन तीन सदस्यीय कार्यदल, आज केन्द्रीय समिति बैठक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने भएको छ । शनिबार राति केन्द्रीय कार्यालय वनस्थलीमा सकिएको त्रिपक्षीय बैठकमा कार्यदल बनाउने सहमति भएको हो ।

    images

    प्राविधिक विषय मिलाउनका लागि रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा सुदिप ढकाल र अनिल घिसिङ रहेको स्रोतको दाबी छ । ढकाल बालेन शाह र  कुलमान घिसिङ पक्षबाट  हुन् । 

    यस्तै संगठानात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा सात सदस्य समिति बनाउने सहमति भएको छ । त्यसमा कुलमान र बालेन समूहले नाम पठाएपछि काम सुरु हुने स्रोतले बतायो ।

    प्राविधिक र साङ्गठनिक तथा वैचारिक विषयमा देखिएका त्रुटि हल गर्न कार्यदल बनाएर काम गर्ने सहमति भएको छ । त्यसलाई शीर्ष नेता बसेर अन्तिम रूप दिनुहुन्छ । हाम्रो तर्फबाट काम सकिएको छ,  स्रोतले बतायो । रास्वपाले आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा उज्यालो नेपालको जम्मा १४ जना मात्र परेपछि असन्तुष्टि चुलिएको थियो ।

    यस्तै पुस १४ गते भएको ७ बुँदे सहमतिमा सङ्घीयता, धर्मनिरपेक्षताको विषयमा पनि उज्यालोका नेताहरूले प्रश्न उठाएका थिए । शनिबार ३ देखि राति १० बजेसम्म रास्वपाको केन्द्रीय कार्यालयमा छलफल भएको थियो । यी सबै विषयमा निर्णय लिन आज रास्वपाले दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट