Aug 12 2026 | २०८३, साउन २७ गते

सुनसरी कांग्रेस क्षेत्रीय समिति: विशेष महाधिवेशन गर्ने, चुनावी गठबन्धन नगर्ने निर्णय

सुनसरी कांग्रेस क्षेत्रीय समिति: विशेष महाधिवेशन गर्ने, चुनावी गठबन्धन नगर्ने निर्णय

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • सुनसरी कांग्रेस क्षेत्रीय समिति: विशेष महाधिवेशन गर्ने, चुनावी गठबन्धन नगर्ने निर्णय

     कमठमाडौँ -नेपाली कांग्रेस सुनसरी क्षेत्रीय कार्यसमिति १ ले विशेष महाधिवेशन गर्नैपर्ने निर्णय गरेको छ।

    images

    पुस २० गते बसेको क्षेत्रीय कार्यसमिति बैठकले विधानअनुसार विशेष महाधिवेशन आयोजना गर्नैपर्ने निर्णय गरेको हो।

    बैठकमा विशेष महाधिवेशन, चुनावी गठबन्धन नगर्ने र समानुपातिक बन्दसूचीबारे छलफल भएको थियो।

    जसअनुसार पार्टी विधानको धारा १७ को २ अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आयोजना गर्नैपर्ने निर्णय भएको हो।

    साथै महासमिति बैठकले गठबन्धन नगर्ने निर्णय गरेको भन्दै सोहीअनुसार चुनावी गठबन्धन कसैसँग नगर्ने निर्णय क्षेत्रीय समितिले गरेको एक नेताले जानकारी दिए।

    कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेकाहरूलाई हस्ताक्षर फिर्ता लिन दबाब दिइरहेका बेला र राष्ट्रिय सभामा चुनावी गठबन्धन गर्न लागेका बेला सुनसरी १ क्षेत्रीय कार्यसमितिले विशेष महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने निर्णय लिएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट