Aug 12 2026 | २०८३, साउन २७ गते

नेकपा एमालेमा फेरबदल: ईश्वर पोखरेल पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए

नेकपा एमालेमा फेरबदल: ईश्वर पोखरेल पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • नेकपा एमालेमा फेरबदल: ईश्वर पोखरेल पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखबाट हटाइए

     काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेल पार्टीको नीति अध्ययन प्रतिष्ठानको

    images


    प्रमुखबाट हटाइएका छन्। मंगलबार बसेको पार्टी सचिवालय बैठकले उनलाई प्रतिस्ठानको बैठकबाट हटाएको एक नेताले जानकारी दिए।

    ‘नयाँ नेतृत्व आए पनि पार्टीका निकायहरूको नेतृत्व पनि हेरफेर गर्नुपर्ने हुन्छ, अहिले उहाँलाई हटाउनु उपयुक्त हुन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो,’ ती नेताले भने।

    उपमहासचिव योगेश भट्टराईले पोखरेललाई प्रतिष्ठानबाट हटाउनु नहुने बताएका थिए। पार्टीको नीतिबारे अध्ययन र विमर्श गर्ने संस्थाको परिचय पाएको संस्थाको नेतृत्व त्यसरी हटाउन नहुने उनले बताए थिए।

    ‘हामी चुनावमा जाँदै छौं। महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लिएर यहाँ जिम्मेवारी नदिने भन्ने हुँदैन, यसले राम्रो सन्देश जाँदैन। चितवनमा महासचिवमा प्रत्यासी सुरेन्द्र पाण्डेको नाम नै सिफारिस नगर्ने, यहाँ अध्यक्षमा प्रत्यासी बनेका ईश्वर पोखरेल हटाउने कुराले राम्रो सन्देश जाँदैन,’ उनले भनेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट