नेपाली कांग्रेसले पुस २७–२८ गते विशेष महाधिवेशन गर्ने घोषणा
नेपाली कांग्रेसले पुस २७–२८ गते विशेष महाधिवेशन गर्ने घोषणा
काठमाडौँ -नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्।
विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले अहिले नयाँबानेश्वरमा जारी पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।
पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं, कार्यक्रममा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
