Aug 12 2026 | २०८३, साउन २७ गते

मुलुकभित्र र बाहिरबाट एमालेविरुद्ध घेराबन्दी भइरहेको छ : केपी ओली

मुलुकभित्र र बाहिरबाट एमालेविरुद्ध घेराबन्दी भइरहेको छ : केपी ओली

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • मुलुकभित्र र बाहिरबाट एमालेविरुद्ध घेराबन्दी भइरहेको छ : केपी ओली

     काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका केही शक्ति परिचालित रहेको र उनीहरू एमाले कमजोर बनाएर आफू अग्लो बन्ने कोसिसमा रहेको टिप्पणी गरेका छन्। पार्टी सचिवालय, केन्द्रीय कमिटीको निर्णय मातहतका कमिटीमा सर्कुलर गर्दै अध्यक्ष ओलीले यी वास्तविकतालाई बोकेर जनताको घरदैलोमा पुग्न कार्यकर्ता पंक्तिलाई भनेका हुन्।
    उनले नेपाल भूराजनीतिक होडबाजीको चपेटामा परेको बताएका छन्।

    images

    ‘हाम्रो पार्टी मुलुकको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा नेतृत्वकारी भूमिका खेल्दै आएको अग्रणी पार्टी हो।

    मुलुकको रणनीतिक विकासको आधारशीला तयार गर्ने पार्टी पनि यही पार्टी हो। लोककल्याणकारी राज्यको अवधारणाअन्तर्गत सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि सारेर कमजोर नागरिकका पक्षमा राज्य छ भन्ने मान्यतालाई व्यवहारमा उतार्ने पार्टी नेकपा (एमाले) नै हो। तर पनि सबैभन्दा तीब्र प्रहार र घेराबन्दी हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा भइरहेको छ। यस्तो किन? केहामीले विगतमा गरेका असंख्य कामहरुसँग नेपालका अन्य राजनीतिक दलहरुले गरेको कामको तुलना हुन सक्दछ? हुन सक्नदैन। तर पनि यस्तो किन? यसको उत्तर स्पष्ट छ– हामीलाई कमजोर बनाएर नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन सकिन्छ भन्ने मान्यताले काम गरेको छ। मुलुकभित्रका कमजोर र परिचालित शक्तिहरु पनि हामीलाई कमजोर बनाएर आफू अग्लो हुने कोसिसमा हाम्राविरुद्ध परिचालित छन्। अब यी वास्तविकतालाई बोकेर हामी जनताको घरदैलोमा पुग्नु पर्दछ,’ उनले भनेका छन्।

    भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनापछि मुलुकमा उत्पन्न असहज र असमान्य परिस्थितिमा सिंगो पार्टीपंक्तिले देखाएको संयम, धैर्य र पहलकदमी प्रशंसनीय रहेको उनको भनाइ छ।

    नेपाल राज्य, नेपालको संविधान, लोकतन्त्र र मुख्य राजनीतिक दलहरूलाई कमजोर बनाएर नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्रको शिकार बनाउने उद्देश्यले नवयुवाहरूको भावनामा खेल्ने र उनीहरूको आन्दोलनलाई अपहरण गर्ने काम भएको कुरा स्पष्ट रहेको ओलीको दाबी छ।

    हाम्रो पार्टी सूचना र प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको भावना र अपेक्षाको सम्मान गर्दछ। तर जेन्जी विद्रोहका नाममा उनीहरूलाई गलत दिशामा डो¥याउने कार्यको भने विपक्षमा छ,’ उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट