Aug 12 2026 | २०८३, साउन २७ गते

मदन–आश्रित स्मृति दिवसमा पौडेलको आह्वान : आत्मालोचनाबाटै पार्टी पुनर्निर्माण गरौँ

मदन–आश्रित स्मृति दिवसमा पौडेलको आह्वान : आत्मालोचनाबाटै पार्टी पुनर्निर्माण गरौँ

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३ २०८३
  • मदन–आश्रित स्मृति दिवसमा पौडेलको आह्वान : आत्मालोचनाबाटै पार्टी पुनर्निर्माण गरौँ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल–त्रुटि र गल्ती–कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् ।

    images

    ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।


    “यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ । हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठीक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,” उपाध्यक्ष पौडेलले बताएका छन् । रा.स.स

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट