नेपालले पनि भारतको जग्गा मिचेको छ — प्रधानमन्त्री बालेन
नेपालले पनि भारतको जग्गा मिचेको छ — प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएका छन् । सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ‘एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि थाहा पाएँ ।
भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । उनीहरूले अतिक्रमण गरेको र हामीले अतिक्रमण गरेको विषयमा दुवै देशले गहन अध्ययन गरी मित्रवत् वार्ताका माध्यमबाट समाधान निकाल्ने हाम्रो सोच छ', प्रधानमन्त्रीले थपे ।
