साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङ, जापानबाट थप ऋण सहायता
साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङ, जापानबाट थप ऋण सहायता
काठमाडौं । जापानले नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि नेपाललाई थप ५.७ अर्ब जापानी येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल र जापानका अधिकारीबीच थप ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यसअघि सन् २०१६ डिसेम्बर २२ मा उक्त परियोजनाका लागि १६.६३ अर्ब येन ऋण सहायता सम्झौता भएको थियो। नयाँ सहयोगसँगै परियोजनामा जापानको कुल ऋण सहायता २२ अर्ब येनभन्दा बढी पुगेको छ।
सन् २०१९ देखि निर्माणाधीन नागढुंगा सुरुङको भौतिक प्रगति हाल ९९ प्रतिशत पुगेको छ। सुरुङलाई आगामी साउनदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने सञ्चालनका लागि सेवा प्रदायक कम्पनीसमेत छनोट भइसकेको छ।
