प्रधानमन्त्रीले नै सदनमा आएर सीमा अभिव्यक्ति सच्याउनुपर्छ" — हर्क साम्पाङ
प्रधानमन्त्रीले नै सदनमा आएर सीमा अभिव्यक्ति सच्याउनुपर्छ" — हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले स्वयं सदनमा उपस्थित भएर नेपाल–भारत सीमासम्बन्धी आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले भने, "आज उहाँ यहाँ आउनुभएको छैन, आउने संकेत पनि देखिँदैन। सीमाको विषयमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ भनी उहाँले नै स्पष्ट पार्नुपर्छ। नेपाली जनतालाई सम्बोधन गरेर उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ र नेपाली सेनालाई सीमामा तैनाथ गर्नुपर्छ।"
साथै उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीमार्फत सच्याइने कुरा आफूहरूलाई स्वीकार्य नरहेको स्पष्ट पारे ।
"परराष्ट्रमन्त्रीले सच्याउने भनिरहेको सुनिरहेको छु, तर त्यो हामीलाई मान्य छैन। उहाँकै मुखबाट निस्केको कुरा उहाँकै मुखबाट सच्याउनुपर्छ," उनले थपे ।
