रास्वपा महामन्त्री दौडमा एकता, चार दाबेदारको समर्थन विपिन आचार्यलाई
रास्वपा महामन्त्री दौडमा एकता, चार दाबेदारको समर्थन विपिन आचार्यलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका लागि दाबेदारी जनाएका चार नेताले विपिन आचार्यको पक्षमा समर्थन जनाएका छन्।
महामन्त्री पदमा उम्मेदवारी दिएका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेल ले आचार्यलाई समर्थन गरेका हुन्। पार्टीको समग्र हित र भित्री एकजुटताका दृष्टिकोणले आफूहरूले यो निर्णय लिएको उनीहरूको दाबी छ।
महाधिवेशनमा मतदान सुरु हुनुअघि नै सभापति रवि लामिछानेले विपिन आचार्यको नाममा सबैको सहमति जुटाउने प्रयास गरेका थिए। यसैबीच, महामन्त्री पदका अर्का दाबेदार तथा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
