Aug 11 2026 | २०८३, साउन २६ गते

VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु, चौधरी ग्रुपसँग सहकार्य

VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु, चौधरी ग्रुपसँग सहकार्य

चौधरी ग्रुपसँग सहकार्य

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २० २०८३
  • VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु, चौधरी ग्रुपसँग सहकार्य

    काठमाडौँ, साउन १०, २०८३, Hero MotoCorp अन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। यसका साथै VIDA ले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो।

    images

    नेपाली ग्राहकहरूको आवश्यकता अनुरूप VIDA ले दुई उत्पादन ल्याएको छदैनिक आवतजावतका लागि डिजाइन गरिएको VIDA VX2 EVOOTER सिरिज र युवापुस्तालाई लक्षित गरिएको VIDA DIRT.E K3 विद्युतीय अफ-रोड मोटरसाइकल। यी दुवै उत्पादन अब नेपालमा उपलब्ध भइसकेका छन्, जसलाई चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आधिकारिक रूपमा वितरण गर्नेछ।

    यस अवसरमा Hero MotoCorp अन्तर्गतको Emerging Mobility Business Unit की Chief Business Officer कौशल्या नन्दकुमारले नेपाललाई रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार भएको बताउँदै, विद्युतीय सवारीप्रति नेपाली ग्राहकहरूको बढ्दो आकर्षणले यस साझेदारीलाई थप सार्थक बनाएको बताइन्। सीजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको उनले जनाइन्।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि नेपाल दिगो तथा हरित यातायातमा तीव्र रूपमा अघि बढिरहेको बताउँदै, VIDA को नेपाल प्रवेशले यो परिवर्तनलाई थप गति दिने विश्वास व्यक्त गरे। दैनिक प्रयोगकर्ता र नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी उत्पादनले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने उनको भनाइ छ।

    VIDA VX2 EVOOTER दुई फरक भेरियन्टमा उपलब्ध छ VX2 Plus र VX2 Go। नेपालका उकालो र चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको VX2 Plus मा ४.४ kWh (दुईवटा २.२ kWh निकाल्न मिल्ने) ब्याट्री क्षमता रहेको छ, जसले वास्तविक अवस्थामा करिब १४० किलोमिटरसम्मको रेन्ज र अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ। यसले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.१ सेकेन्डमै लिन सक्छ भने DC Fast Charging मार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    VX2 Go मा भने २.२ kWh निकाल्न मिल्ने ब्याट्री रहेको छ, जसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति दिन्छ; यसले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमा हासिल गर्छ र यसमा पनि उस्तै DC Fast Charging सुविधा उपलब्ध छ। दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेट प्रयोग गरी निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिन्छ, साथै My VIDA App, बाटो निर्देशन, Geo-fencing, कल तथा एसएमएस सूचना, र Over-the-Air (OTA) अपडेट जस्ता डिजिटल रूपमा जोडिएको सुविधाहरू पनि उपलब्ध छन्। VX2 सिरिजले विश्वप्रसिद्ध अनुसन्धान संस्था JD Power को Two-Wheeler Initial Quality Study मा उत्कृष्ट स्थान हासिल गरिसकेको छ।

    युवापुस्तालाई लक्षित गरी उत्पादन गरिएको VIDA DIRT.E K3 मा ३५० वाटको मोटर र ३६० kWh निकाल्न मिल्ने ब्याट्री रहेको छ, जसले सडक अवस्था र प्रयोग मोड अनुसार करिब ३ घण्टासम्म राइडिङ अनुभव दिन सक्छ। यसको ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २ घण्टा लाग्छ। प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने Adaptive System यसमा रहेको छ, जसले लामो समयसम्म आरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ।

    साथै App-based Parental Control सुविधाका कारण अभिभावकहरूले बाइकको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड (Mode 1: ८-९ किमी/घण्टा, Mode 2: १७-१८ किमी/घण्टा, Mode 3: २३-२४ किमी/घण्टा) चयन गर्न सक्छन्। उत्कृष्ट डिजाइन र नवीन प्रविधिका लागि DIRT.E K3 ले Red Dot Design Award 2025 तथा CES Innovation Award 2026 समेत हासिल गरिसकेको छ।

    सन् २०१४ देखि नेपाली बजारमा आफ्नो उपस्थिति निरन्तर सुदृढ बनाउँदै आएको Hero MotoCorp ले एक दशकभन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जितिरहेको छ। दुईपांग्रे व्यवसायसँगै Hero MotoCorp ले गल्फ, फुटबल, हक्की तथा क्रिकेटजस्ता खेलकुदको विश्वव्यापी प्रवर्धनमा पनि सक्रिय भूमिका खेल्दै आएको छ, साथै Hero MotoSports Team Rally ले अन्तर्राष्ट्रिय र्‍याली प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दै आएको छ। VIDA को नेपाल प्रवेशसँगै कम्पनीले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय विद्युतीय गतिशीलता महत्वाकांक्षाको सुरुआती विन्दुका रूपमा स्थापित गरेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट