सिजीले तिहारमा ल्यायो नेपालको पहिलो 'एआई एयर फ्रायर', १३ लिटरको नयाँ मोडल पनि बजारमा
सिजीले तिहारमा ल्यायो नेपालको पहिलो 'एआई एयर फ्रायर', १३ लिटरको नयाँ मोडल पनि बजारमा
९० प्रतिशतसम्म कम तेलमा परिकार पकाउन सकिने दाबी; देशभरका ५० भन्दा बढी सोरुम र सेवा केन्द्रबाट उपलब्ध
काठमाडौँ – तिहार नजिकिँदै गर्दा नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (SDA) शृङ्खलाअन्तर्गत सिजी मेरिडिया सिग्नेचर सिरिजका एयर फ्रायर बजारमा उपलब्ध गराएको छ। तिहारमा बन्ने तेलयुक्त परिकारलाई स्वास्थ्यका दृष्टिले सन्तुलित बनाउने उद्देश्यले यी उपकरण ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी एयर फ्रायरले ९० प्रतिशतसम्म कम तेलमा परिकार तयार गर्न सक्छन्। तिहारमा बनाइने सेलरोटी, फिनी र अनरसा जस्ता परम्परागत परिकारमा तेलको प्रयोग बढी हुने भएकाले स्वादमा कमी नआउने गरी स्वस्थकर विकल्प दिन खोजिएको कम्पनीको भनाइ छ। स्वास्थ्य, समयको बचत र भान्सामा सहजता यी उपकरणका मुख्य विशेषता हुन् भन्ने कम्पनीको दाबी छ।
बजारमा उपलब्ध मोडलमध्ये CGMRAF8LAI लाई कम्पनीले नेपालकै पहिलो 'एआई एयर फ्रायर' भनेको छ। कम्पनीका अनुसार यसमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारको प्रकृति बुझेर आफैँ तापक्रम र समय निर्धारण गर्छ। कम्पनीले यो मोडलले ग्राहकबाट निरन्तर राम्रो प्रतिक्रिया पाइरहेको जनाएको छ। ग्राहकले रुचाएको अर्को मोडल CGMRAF7LS पनि बजारमा सहजै पाइन्छ।
यसै तिहार कम्पनीले ठूला परिवार र चाडपर्वका जमघटलाई लक्षित गरी नयाँ मोडल CGMRAFO13L ल्याएको छ। १३ लिटर क्षमता र १८०० वाट शक्ति भएको यो मोडलमा १२ वटा स्मार्ट कुकिङ प्रि-सेट मेनु, भित्र पाक्दै गरेको परिकार देखिने वाइड एंगल भ्युइङ विन्डो, तेलबिना पकाउने सुविधा, ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन छन्।
सुरक्षा र सहजताका लागि यसमा एलईडी टच स्क्रिन जडान गरिएको छ। चलाउँदाचलाउँदै ढोका खोलिए मेसिन आफैँ बन्द हुने 'अटो सट-अफ' प्रविधि पनि रहेको कम्पनीले जनाएको छ। यससँगै आयल ट्रे, फ्ल्याट ग्रिल र्याक, स्यालो नेट ग्रिल र्याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुल जस्ता एसेसरिज उपलब्ध गराइएका छन्। कम्पनीका अनुसार यिनले रोस्ट, ग्रिल र बेक गर्न सजिलो बनाउँछन् र छुट्टै भाँडाको आवश्यकता पर्दैन।
४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा रहेको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादन देशभरका २२ वटा 'सिजी डिजिटल' र ६ वटा 'एलजी ब्रान्ड शप' सोरुमबाट खरिद गर्न सकिन्छ। कम्पनीका आधिकारिक वेबसाइट www.cgdigital.com.np र www.cginspiringlife.com तथा आधिकारिक बिक्री केन्द्रबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
बिक्रीपछिको सेवा छिटो र सहज बनाउन कम्पनीले ‘CG cares’ एप सञ्चालनमा ल्याएको छ। यो एप र देशभरका ४० वटा सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिन्छ। ‘CG cares’ एप प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ।
