Sep 16 2026 | २०८३, भदौ ३१ गते

भदौ २२ गते राष्ट्रिय शोक दिवस? संसदमा छलफल सुरु

भदौ २२ गते राष्ट्रिय शोक दिवस? संसदमा छलफल सुरु

भदौ २२ गते राष्ट्रिय शोक दिवस? संसदमा छलफल सुरु

बुधबार, भदौ १७ २०८३
बुधबार, भदौ १७ २०८३
  • भदौ २२ गते राष्ट्रिय शोक दिवस? संसदमा छलफल सुरु

    काठमाडौं — रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक बुधबार र बिहीबार गरी दुई दिन बस्ने भएको छ। यसैसँगै सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस घोषणा गर्ने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको छ।

    सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आह्वान गरेका छन्। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको सदन बुधबार दिउँसो १ बजेदेखि पुनः सुचारु हुने भएको हो। महाविपद्सम्बन्धी विशेष प्रस्तावमा सभामुखले प्रस्ताव पेस गर्नेछन् भने ६ दलका नेताले यसबारे आ-आफ्ना धारणा राख्नेछन्।

    यसअघि नै राष्ट्रियसभाको बैठकमा सांसदहरूले भोटेकोशी बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए। नेपाली कांग्रेसका सांसद युवराज शर्माले सभामुखमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरेका थिए। सांसद कमला पन्त लगायतले पनि बेपत्ता नागरिकहरूको खोजी र प्रभावकारी राहत वितरणसँगै राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा सांसद भुवनबहादुर सुनारले मुलुक विपत्तिमा परेका बेला प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे उठेका प्रश्नमा स्पष्ट पार्न पनि माग गरेका थिए।

    राष्ट्रिय सभाको बैठक भने आगामी भदौ २३ गतेसम्मका लागि स्थगित गरिएको छ।

    गत भदौ १० गते आएको यस विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको हो। हालसम्म मृतकको संख्या ११ सय २७ पुगिसकेको छ भने ४,८५८ जना अझै सम्पर्कविहीन रहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार