Sep 19 2024 | २०८१, असोज ३ गते

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १६ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १६ २०७९
  • महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

    काठमाडौँ  । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा सोमबार वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ । 

    images
    images

    सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरेको हो । 

    प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन भएर कोहीले ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए ।

    अनेरास्ववियू त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ सहिद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ सुन्धारा, ट्रेड युनियन महासंघ न्युरोडमा भेला भई ¥याली सहित बसन्तपुरमा भेला भई  महंगी र भ्रष्टाचार विरुद्ध बृहत् जन प्रदर्शन गरेको थियो । 

    यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । 





    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट