मिटरव्याजीविरुद्ध भदौ ५ भित्र उजुरी दिन गृहको आह्वान
मिटरव्याजीविरुद्ध भदौ ५ भित्र उजुरी दिन गृहको आह्वान
काठमाडौं । तराईका जिल्लामा मिटरब्याजका कारण नागरिक घरबारविहिन बन्नु परेका घटनाप्रति सरकार संवेदनशील भएको छ । यस दौरान गृह मन्त्रालयले आगामी ५ भदौभित्र पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचनै जारी गरेको छ ।
नवलपरासी पश्चित प्रतापपुरका मिटरव्याजी पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेपछि सरकारले कार्यदल गठन गरेको छ । कार्यदलले पीडितसँगको वार्ता जारी राखेका बेला गृहले यस्तो सूचना जारी गरेको हो ।
प्रतापपुरका पीडितसँग राज्यले वार्ता गरिरहँदा देशका अन्य क्षेत्रमा पनि यस्तै घटना भएका भए उजुरी दिन मन्त्रालयले सार्वजनिक आह्वान गरेको छ ।