Dec 05 2024 | २०८१, मंसिर २० गते

images

उर्जामा क्रान्ति : थप ८ सय ८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

उर्जामा क्रान्ति : थप ८ सय ८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १ २०७९
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १ २०७९
  • उर्जामा क्रान्ति : थप ८ सय ८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

    काठमाडौं । थप ८ सय ८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।  

    images
    images
    images

    निर्माण भइरहेका मध्ये ५७ वटा आयोजनाको ८ सय ८ मेगावाट बराबरको बिजुली अबको एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागिएको हो । त्यसपछि देशमा खपत भएर बाँकी रहेको बिजुली छिमेकीलाई बेचेरै वाषिर्क १६ अर्ब कमाउने योजना विद्युत प्राधिकरणले बनाएको छ ।

    १ सय ११ वर्ष अघि अर्थात १९६८ सालमा तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले ५ सय किलोवाट क्षमताको पहिलो फर्पिङ जलविद्युत आयोजना निर्माण गरेका थिए । त्यो बेलासम्म छिमेकी चीनमा जलविद्युत आयोजना शुरु नै भएको थिएन । भारतमा बिजुली बलेको एक बर्ष मात्रै भएको थियो ।

    त्यसयता नेपालले अपेक्षित प्रगति उपलब्धि हात पार्न सकेन । तर अब आशाको संकेत देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार गत वर्ष २४ आयोजनाबाट ७ सय ३५ मेगावाट बिजुली थपिँदा यो वर्ष ४८ वटा जलविद्युत र ९ वटा सोलारका गरी ५७ वटा आयोजनाबाट ८ सय ८ मेगावाट बराबरको बिद्युत राष्ट्रिय  प्रसारण प्रणालीमा थपिँदैछ । अब बिजुली अपुग होइन बरु बढी हुन्छ । त्यसलाई बेचेर वर्षमा १६ अर्ब रुपैयाँ कमाउने योजना प्राधिकरणले बनाइसकेको घिसिङले बताएका छन । 

    त्यसो त नेपालको पानी प्रयोग गरेर हजारौं मेगावाट विजुली उत्पादन गर्न सकिने अनेकौं बहस हुने गरे पनि बषौंर्सम्म अधिकांश नेपालीले सजिलै बिजुली बाल्न पाएका थिएनन् । २०५९ सालदेखि सुरु भएको लोडसेडिङ २०७३ सालको कात्तिक अघिसम्म त १८ घन्टासम्म  लोडसेडिङको मार खेप्नुपर्ने बाध्यतामा थियो मुलुक ।

    झ्याप्झ्प्ती बिद्युत जाने समस्या हटेको थिएन । अहिले बिस्तारै छिमेकमा बिजुली बेचेर पैसा कमाउने अवस्था बन्दैछ । यद्यपि निर्यातभन्दा बढि बिजुली आयात भैरहेको छ । विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर करिब ४ अर्ब रुपैयाा आम्दानी गर्दा त्यहीाबाट १५ अर्बको बिजुली आएको छ । 

    आगामी वर्ष बिजुली ब्यापारमा देश ६ अर्ब हाराहारीमा नाफामा जाने प्राधिकरणको दाबी छ । तर स्थानीय अवरोध, ठेकेदारको ढिलासुस्ती जस्ता कारणले समयमै प्रसारण लाइन र सबस्टेशनको निर्माण हुन नसक्दा बनेका आयोजनाले पनि पुरै क्षमतामा बिजुली उत्पादन गर्न पाएका छैनन । 

    बुढी गण्डकी, पश्चिम सेती जस्ता ठूला परियोजना बर्षौदेखि चर्चामा छन् । ट्रान्सर्फमर थप, प्रसारण लाइन निर्माण र बिस्तार गर्दै गुणस्तरीय बिजुली सबै नेपालीको पहुाचमा पुर्याउनु पर्नेछ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट