Sep 19 2024 | २०८१, असोज ३ गते

शक्ति राष्ट्रका दूतहरुले भने गम्भीर मानवअधिकार हननमा आममाफी हुँदैन

शक्ति राष्ट्रका दूतहरुले भने गम्भीर मानवअधिकार हननमा आममाफी हुँदैन

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ८ २०७९
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ८ २०७९
  • शक्ति राष्ट्रका दूतहरुले भने गम्भीर मानवअधिकार हननमा आममाफी हुँदैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चार शक्ति राष्ट्रका राजदूतहरुले भेटवार्ता गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र स्वीट्जरल्याण्डका राजदूतसँग आज दिउँसो पार्टी  केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो । 

    images
    images

    सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेको बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेर गम्भीर छलफल गरेका हुन।

    अध्यक्ष ओलीसँग अमेरिकी राजदूर्त याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरुले भेटवार्ता गरेको एमालेका नेता सुवास चन्द्र नेम्वाङले एभरेष्ट हेडलाइन्सलाई जानकारी दिए । 

    भेटमा राजदूतहरुले नेपाल सरकारले संशोधन गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनबारे गम्भीर चासो राखेको थिए। उनीहरुले उक्त ऐनमा प्रमुख विपक्षी दल एमालेको भूमिकाका विषयमा जिज्ञासा समेत राखेको नेता सुवास चन्द्र नेम्वाङले बताए । 

    सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रिय मान्यतामा ध्यान र्पुयाउनुपर्नेमा उनीहरुले जोग दिएका थिए । सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुन नसकेको भन्दै त्यसलाई पुर्णता दिनुपर्नेमा राजदूतहरुले एमालेसँग आग्रह गरेको नेम्वाङले जानकारी दिएका छन् ।

    उक्त भेटघाटमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिएका छन् । 

    अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरु छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु अन्या हुने धारणा समेत राखेका थिए । ओलीले भने, ‘जिल्ला–जिल्लामा पीडितहरूको आवाज सुनेर, अगाडि बढ्नुपर्ने थियो’, ‘तर दुःखको विषय सत्ता गठबन्धन सकारले प्रकृया पुर्याउन सकेन ।’ अध्यक्ष ओलीले उक्त समस्या केवल सरकारको मात्रै नभई देशकै मूल समस्या भएकाले सवै मिलेर टंग्याउनुपर्नेमा एमाले एक रहेको बताएका छन् ।  

    यसअघि शक्ति राष्ट्रका राजदूतहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने अडानमा रहेपछि बुधबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटबार्ता भएको थियो । 

    राजदूतहरुले प्रचण्डसँगको भेटघाटमा पनि आममाफीको विषय आफूहरुलाई मान्य नहुने जानकारी गराएका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा अहिले एक खाले चिसोपन आएको बुझिएको छ । 

    भेटवार्तामा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्यले सहभागिता जनाएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट