Sep 19 2024 | २०८१, असोज ३ गते

१२ औं कृति अवार्ड भव्यताका साथ सम्पन्न

१२ औं कृति अवार्ड भव्यताका साथ सम्पन्न

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २४ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २४ २०७९
  • १२ औं कृति अवार्ड भव्यताका साथ सम्पन्न

    काठमाडौं ।  नेपाल विज्ञापन संघको आयोजनामा काठमाडौंमा १२ औं कृति अवार्ड सम्पन्न भएको छ । विहीवार सोल्टी होटलमा आयोजित कार्यक्रममा बेस्ट टीभी एडको अवार्ड हुलास स्टिलले, बेस्ट इन्टिग्रेटेड एड क्याम्पेन पाडीलक्स र बेस्ट इभेन्ट एक्टिभेसन अवार्ड कोका कोलाले जितेका छन् । ३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरुले ४२५ वटा कृति सहभागि गराएकोमा विभिन्न १५ एजेन्सीले ५० वटा पुरस्कार पाएका छन् ।

    images
    images

    पुरस्कार पाउने एजेन्सीमध्ये मेकवेज एडभर्टाजिङ्गले १९ वटा, बिजनेस एडभान्टेज ५, प्रिज्मार्क मार्केटिङ ५, आउटरिच नेपाल ४, डिजिटलइन ४, अभानी एडभर्टाजिङ्ग ३, ए.एन.एस क्रिएसन २ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाईजिङ, कन्सल्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रा.लि., की एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १-१ वटा अवार्ड जितेका छन् ।

    नेपाली विज्ञापन सृजनाको सम्मानार्थ २०६० सालदेखि नेपाल बिज्ञापन संघले आयोजना गर्दै आएको नेपालको एकमात्र विज्ञापनसँग सम्वन्धित कृति अवार्डको यस संस्करणको उदघाटन वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले गरेका थिए । ६०० जना भन्दा बढि प्रत्यक्ष उपस्थित दर्शक बीच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन के.सी, दिपक राज गिरीलगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुले विजयीहरुलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा इन्दिरा जोशी लगायत अन्य कलाकारहरुले आ-आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए ।

    12 th crity award.jpg

    अवार्डको प्रमुख निर्णायक प्यानलमा प्रा.डा. विजय केसी, प्रा.डा. भोजराज अर्याल र मार्केटिङ एक्सपर्ट सुजन राजा श्रेष्ठ रहेका थिए । उक्त प्यानलले भाद्र १३ गते वुधबार हालसम्मकै उच्च सहभागिता रहेको कृति अवार्डको हरेक विधाका उत्कृष्ट ५ को मनोनयन घोषणा गरेको थियो । नेपाल विज्ञापन संघका अनुसार त्यस्ता उत्कृष्ट ५ मनोनयन घोषणा गर्नुअघि प्राप्त भएका ४२५ कृतिहरुको विधागत रुपमा मुल्याङ्कन गरिएको थियो जसका लागि विभिन्न क्षेत्रबाट मुल्याङ्कनकर्ताहरु नियुक्त गरिएको थियो । त्यस्ता विधागत निणर्ायक टोलीमध्ये बेस्ट टीभी एड विधाको निणर्ायकको नेतृत्व एडी रिलिजका प्रवन्ध निर्देशक तथा प्रतिष्ठित मिडियाकर्मी हरिशरण सुवेदीले गरेका थिए भने उक्त टोलीमा नेपाल टेलिभिजन व्यापार महाशाखा प्रमुख राजकुमार थापा, मार्केटिङ्ग तथा विज्ञापन विज्ञ अनन्त मैनाली र आम सञ्चारविद गुण श्रेष्ठ पनि रहेका थिए । विभिन्न विधागत कृतिहरुको मुल्याङ्कनका लागि संघले दुई दर्जनभन्दा बढी मुल्याङ्कनकर्ताहरु नियुक्त गरेको थियो ।

    कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूणर् अतिथि महानुभावहरुमा धन्यबादसहित समापन मन्तव्य राख्दै एजेन्सीहरुको उल्लेखनीय सहभागिताको प्रशंसा गरेको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कृति अवार्डसको प्रशंशा गर्दै यस्ता श्रृजनसील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट