Sep 19 2024 | २०८१, असोज ३ गते

धारामा पानी हाहाकार, बागमतीमा भने पानी बगाउने तयारी

धारामा पानी हाहाकार, बागमतीमा भने पानी बगाउने तयारी

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २७ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २७ २०७९
  • धारामा पानी हाहाकार, बागमतीमा भने पानी बगाउने तयारी

    काठमाडौं । मेलम्चीको पानी धारामा नखस्दा उपत्यकामा हाहाकार छ ।

    images
    images

    पानीको अभावमा मान्छेको दैनिकी नै प्रभावित भइरहेका बेला काठमाडौंमा बग्ने बागमती नदीमा भने पानी बगाउने तयारी गरेको छ ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १ धापमा संकलन गरिएको पानी बागमती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । 

    बागमती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जमा बाँध बनाएर संकलन गरिएको पानी आगामी कात्तिकमा बगाउने गरी तयारी गरिएको हो ।

    बागमती नदीमा हिउँदयाममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षा पानी संकलन गरिएको छ । धाप बाँधमा वार्षिक ८ लाख ५० हजार घन मिटर पानी संकलन गर्ने क्षमता छ ।

    बागमती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइका इन्जिनियर निश्चल छत्कुलीका अनुसार अहिले ८ लाख घनमिटर भन्दा बढी पानी संकलन भइसकेको छ ।

    ‘ड्यामको ९८ प्रतिशत काम सकियो, अब आगामी कात्तिक महिनादेखि परीक्षणको रुपमा पानी छाड्ने गरी तयारी गरिरहेका छौं,’ इन्जिनियर छतकुलीले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट