Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो ?

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ३१ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ३१ २०७९
  • प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो ?

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद  कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्  ।

    images
    images

    उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

    कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ । सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्छन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् ।

    त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राखे । सांसद डिला सङ्ग्रौला पन्तले संसद्को पाँच वर्षे कार्यकालमा आफूले देश, जनताका दैनिक समस्या उठाउन पाएको र आफूले पनि केही कुरा सिक्न पाएको बताए ।

    सांसद नारायण मरासिनीले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न आग्रह गर्दै पहिरोका कारण नियमितरुपमा यातायात सञ्चालनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए  ।

    सांसद प्रेम सुवालले भक्तपुरमा वितरित इन्टरनेट सेवा गुणस्तरीय नभएकाले अस्पतालमा उपचारत बिरामी र विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कठिनाइ भोग्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

    सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितको क्षतिपूर्ति, मुआब्जा, पुनःबास र पुनःस्थापनाको काम बाँकी नै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    सांसद गजेन्द्र महतले सिङ्गो कर्णालीलाई पाल्नसक्ने रारा ताल तथा त्यस क्षेत्रमा फैलिएको निकुञ्जलाई पूर्वतर्फ स्थानान्तरण गर्न आग्रह गरे । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट