images

May 17 2024 | २०८१, जेठ ४ गते

सरकारी जग्गा हडपेर एनआईसी एसियाका सीईओ न्यौपानेले ठड्याए यस्तो दरबार (फोटोसहित)

सरकारी जग्गा हडपेर एनआईसी एसियाका सीईओ न्यौपानेले ठड्याए यस्तो दरबार (फोटोसहित)

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ६ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ६ २०७९
  • सरकारी जग्गा हडपेर एनआईसी एसियाका सीईओ न्यौपानेले ठड्याए यस्तो दरबार (फोटोसहित)

    काठमाडौं । विद्वानहरुले भन्छन्, ‘चामलको प्रचार गर्नु पर्दैन, पीठो विकाउन अनेक नाटक गर्नु पर्छ ।’ र, साजी चीज वा खुराक बेच्न पनि हल्ला गरिरहनु पर्दैन । बासी वा कुहिएको चीज विकाउन अनेक तरिका अपनाउनु पर्छ । 

    images
    images

    त्यस्तै, नेपालको बैंकिङ क्षेत्रमा विश्वसनीय वा जनउत्तरदायी बैंकहरु विज्ञापनका नाउँमा धेरै थरी नाटक वा चटक गर्दैनन् । तर, ‘बैंक पनि साथी पनि’लाई मूल नारा बनाएको एनआईसी एसिया बैंकले भने अचाक्ली नै गरेको छ । प्रचार गरे अनुसार विश्वसनीयता कायम गरेको भए पनि चित्त बुझाउने ठाउँ हुँदो हो । बचतकर्ता नै त्राही त्राही छन् ।

    कहिले कसले मेरो खाताबाट रकम गायब भयो भन्छन् । कहिले कसैले मेरो हिसाब गडबड भयो भन्छन् । केही गरी ऋण लिइएको छ, भने त एनआईसीले सर्वश्व हरण गरेर जीउज्यान लिन पनि पछि पर्दैन । कयौँ ऋणिहरुले आत्महत्याको बाटो रोजेका छन् भने कयौँ मानसिक रोगी भएर बाँचिरहेका छन् ।

    एक महिनाको व्याज वा किस्ता नबुझाउँदा भोलिपल्टै धीतो राखिएको घर जग्गा वा कुनै पनि सम्पत्ति घेर्न गार्ड पठाउने एनआईसीले दुई महिनाको व्याज नतिर्दा धीतो नै लिलाम गर्दिन्छ, गरेको पनि छ । त्यो जर्जरताको कथा अब एभरेष्ट हेडलाइन्सले श्रृंखलाबद्ध प्रकाशन गर्दैछ ।

    बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंक एनआईसी एसियासामु निरिह सावित भएको छ । राष्ट्र बैंकको गुनासो सुन्ने निकायले एनआईसीबारे धेरे लामो कुरै गर्न चाहँदैन । पीडितहरुको गुनासो सुनेको नसुन्यै गर्छ । कतिपय अवस्थामा भारतीय दूतावासबाट फोन वा दबाब आउनेसम्मका कुराहरु पनि बाहिरिएका छन् । 

    यस्तो बेथितिको नमुना बैंकका प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ हुन्, रोशन कुमार न्यौपाने । आम नागरिकलाई सजिलै लुट्न सक्ने खुबी भएका उनको भित्रि छवि झन् अचम्मको रहेछ । केही दिन पहिले संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभूषित गर्नेमा केही भ्रष्टाचार आरोपी पनि परेका थिए ।

    न्यौपाने समेत एक वर्ष अघि त्यसरी नै विभूषित भएका थिए । र, केही समयअघि उनले पैसो तिरेर केही मिडियामार्फत ‘युवा सीईओ भएको बैंक पूरै युवामय’भनेर प्रचार गर्न लगाए । उनको कार्यकाल सकिन थोरै छ । फेरि कार्यकाल थप्न उनले अनेक तिकडम गरिरहेका छन् ।

    उनीसँग व्यक्तिगत रुपमा एभरेष्ट हेडलाइन्सको कुनै लेनादेना छैन । तर, सरकारी जग्गा हडपेर जंगबहादुरले ब्रिटेनबाट कालिगढ झिकाएर बनाएका दबारजस्तो आलीशान महल बनाउने न्यौपाने रैबया मुलुक र आम नागरिकका लागि असाध्य घातक छ । एक जना बैंकको सीईओले इमानदार ढंगले कमाउने भनेको वर्षमा डेढदेखि २ करोड हुनसक्ला । त्यति कमाईले मुलुकमा कसैको नभएको घर बनाउन सक्ने हैसियत कसरी राख्छ ? त्यसमा पनि बुटिक शैलीमा निर्माण भएको मन्दिरसहित । 

    न्यौपाने दरबार 

    पूर्वी मोहडा फर्काएर बनाएको न्यौपानेको दरबार हो, यो । 

    7842

    न्यौपाने दरबारको अग्रभाग

    नेपालमा बनेका राणाकालीन दरबारभन्दा कम कलात्मक छैन, यो । त्यसमा पनि नेपालमा यस्तो डिजाइनका घर कमै बनेका छन् । भारतमा फिल्म खिच्न बनाइएका सेट जस्तो छ, न्यौपाने दरबार । स्थानीय तहको पुनःसंरचना हुनुभन्दा पहिले अर्कै ढर्राले बनेको घर अहिले आएर कलात्मक एवं आलीशान बनाईको छ । घरको संरचना तयार भएर साजसज्जाको काम भइरहेको छ । घर मात्रै होइन मन्दिर पनि भव्य छ । 

    7844

    तर, वास्तविकता भने अर्कै छ । उनले पूर्वी मोहडामासँगै जोडिएको पर्ति जग्गामा कम्पाउण्ड मात्रै हालेनन् । घरको आधा भाग नै पर्ति जग्गामा पर्छ । त्यसको कित्ता र क्षेत्रफलको प्रति एभरेष्ट हेडलान्ससँग सुरक्षित छ ।  त्यसरी पर्ति जग्गामा बनेका संरचना हटाउन भनेर बुढानीलकण्ठ नगरपालिका –२ ले समेत असोज २ गते ३५ दिने सार्जजनिक सूचना निकालेको छ । नगरपालिकाका अनुसार न्यौपानेको घरको केही भाग नै सरकारी जग्गामा पर्ने भएपछि यो सूचनाले उनलाई पनि संरचना हटाउन अवश्य कर लाग्छ । 

    7843

    उनले कतिसम्म बेइमान गरेका छन् भने मन्दिर छेवैबाट तल झर्ने बाटो नै बन्द गरेर मन्दिर तथा कम्पाउण्ड र बारी बनाएका छन् । स्थानीय तह आउन भन्दाअघि गाविस हुँदै उनले बनाएको घर संरचनालाई अहिले पैसा र पावरका बलमा आलीशान बंगलामा परिणत गरेका हुन्, उनले । न्यौपानेले बनाएको घर संरचना, त्यहाँ भइरहेको साजसज्जा र माहोल हेर्दा उनले सम्भ्रान्त मारवाडीहरु तथा भारतीय उच्च पाहुना रिझाउने जुक्ति लगाएको सोझै अड्कल गर्न सकिन्छ ।

    नगरपालिकाले उनले कसरी घर नक्सा पास गरेका रहेछन् र नक्सामा कुन जग्गा कहाँ पर्छ भन्ने खोजी तीब्र पारेको छ । उसले प्राविधिक अन्वेषण गरेर प्रतिवेदन नै तयार पार्ने जनाएको छ । यसबारे एनआईसीका सीईओ न्यौपानेसँग बुझ्न खोज्दा झण्डै एक महिनाको नियमित प्रयास खेर गयो । उनी अहिले सानातीना मान्छेहरुलाई त गन्दै गन्दैनन् । न फोन उठाउँछन्, न म्यासेजको रिप्लाई गर्छन् । भलै राष्ट्रपति वा प्रधानमन्त्रीको फोन उठ्ला, उनको उठ्ने वाला छैन ।

    उनी नगरपालिकाका जनप्रतिनिधिलाई त फुट्या आँखाले पनि हेर्न आवश्यक ठान्दैनन् । सबै मेलोमेसो उनका कारिन्दाले नै मिलाईदिन्छन् । काठमाडौंमा अहिले उनको जस्तो ठाँट कसैको छैन । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारी, न्यायालय र कानून व्यवसायीलाई सकेण्डभरमा किन्न सक्ने हैसियत राख्ने उनी कसैको धितो चुट्कीका भरमा लिलाम गर्न सक्छन् । यो उनको यो प्रबल खुबी हो । यसपाली उनलाई तक्मा दिन किन छुटाईयो होला ? 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार