Sep 19 2024 | २०८१, असोज ३ गते

‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात

‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ११ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ११ २०७९
  • ‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात

    काठमाडौं । नेपालको प्रमुख आइटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रबिधि बिषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात गरेको छ ।

    images
    images

    यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरुलाई आईटी उद्योगको लागि आवस्यक पर्ने सिप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्ने जनाइएको छ । यस कार्यक्रमले आईटी उद्योग र एकेडेमिया बिचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । कार्यक्रमलाई संस्थागत गर्न कार्यक्रमको आफ्नै वेबसाइट https://click2career.infodev.com.np  निर्माण गरिएको छ जस मार्फत थप सूचना प्राप्त गर्न सकिन्छ ।

    यस कार्यक्रम अन्तर्गत इन्फोडेभलपर्सले अहिलेसम्म पाँच भन्दा बढी कलेजहरुमा ‘क्लिक टू करिअर’ कार्यक्रम संचालन गरिसकेको छ । कम्पनीले सन्चालनक गरेको परिक्षा मार्फत करिब २०० बिद्यार्थीहरुलाई आजबाट विभिन्न विधामा प्रशिक्षण प्रदान गर्ने छ । सहभागीहरुलाई आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिने काम हुनेछ । इन्फोडेभलपर्समा कार्यरत बिशेषज्ञहरुले सहभागीहरुलाई मेन्टरिङ्ग तथा मार्गदर्शन समेत गर्नेछन् ।

    ‘क्लिक टू करिअर’ कार्यक्रमका संयोजक तथा इन्फोडेभलपर्सका सिओओ डा। राजिब सुब्बाका अनुसार यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलेजमा अन्तिम बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न प्रोग्रामिंग विधाहरुमा साठी घण्टाको प्रशिक्षण दिएर संस्थामा वास्तविक कार्यहरु संग काम गर्ने अनुभव प्रदान गर्नु हो ।

    यस कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा प्रशिक्षण दिइनेछ । यसैगरी यस कार्यक्रमले एन्ड्रोइड, रियाक्ट नेटिभ, पिएचपी, डट नेट, आईओएस, यूआई/यूएक्स डिजाइन, ग्राफिक डिजाइन , बिजनेश एनालिस्ट र फ्ल्टर जस्ता प्रोफेसनल तथा प्रोग्रामिङ कोर्सहरुमा करियर विकासको लागि विद्यार्थीलाई सहयोग गर्दछ । यस कार्यक्रममा प्रशिक्षण समाप्त भएपछि आफ्नो क्षमता अनुसार सहभागीहरुले रोजगारको अवसर पनि प्राप्त गर्नेछन् ।

    काार्यक्रम समाप्त भएपछि सहभागिहरुले कोर्स सम्पन्न भएको प्रमाणपत्र समेत प्राप्त गर्नेछन् । कम्पनीले गत वर्ष विन्टर कोड क्याम्प पनि आयोजना गरेको थियो । कार्यक्रम सम्बन्धि थप जानकारी https://click2career.infodev.com.np बाट प्राप्त गर्न सकिन्छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट