Sep 19 2024 | २०८१, असोज ३ गते

शेयर बजार १४ दशमलव ३५ अंकले बढ्यो

शेयर बजार १४ दशमलव ३५ अंकले बढ्यो

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ६ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ६ २०७९
  • शेयर बजार १४ दशमलव ३५ अंकले बढ्यो

    काठमाडौं । लगातार रुपमा घटिरहेको शेयर बजार आइतवार १४ दशमलव ३५ अंकले वढेको छ । 

    images
    images

    गत हप्तासम्म राताम्मे रहेको शेयर बजारमा आइतवार हरियाली छाएको छ । गत शुक्रवार होटल तथा पर्यटन र म्युचुअल फन्डको परिसुचक वढेकोमा आइतवार घटेको छ । ती दुइटाबाहेक अन्य क्षेत्रको ओरालो लागिरहेकोमा आइतवार ठ्याक्कै उल्टो भइ अन्य सेक्टरमा हरियाली छाएको छ । 

    आइतवार नेप्से सूचक एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।

    आइतवार दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । 

    ठूला कम्पनीहरुको परिसूचक सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव ८८ अंकले वढेको छ । आइतवार बैंकिङ्ग ११=०५, ट्रेडिङ्ग ४.३६, विकास बैंक ३३=६५, हाइड्रो १८=९५, फाइनान्स ४=९१ अंकले वढेको छ । यसैंगरी निर्जिवन बीमा ९०=०९, जीवन बीमा ३९=०५ अंकले वढेको छ ।

    आइतवार सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । नबिलको ३३ करोड ८८ लाखको कारोबार हुँदा नेपाल बैंकको ३२ करोडको कारोबार भएको छ । 

    आइतवार सवैभन्दा धेरै रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । धेरै कमाउनेमा 

     समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ दशमलव ५५ प्रतिशतले घटेको छ । गत हप्तासम्म बढीरहेको अभियान लघुवित्तको ७ दशमलव ६० अंकले घटेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट