images

May 17 2024 | २०८१, जेठ ४ गते

नेपाल संवत र यसको प्रयोग

नेपाल संवत र यसको प्रयोग

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ६ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ६ २०७९
  • नेपाल संवत र यसको प्रयोग

    पूर्ण बीडी

    images
    images

    नेपालका बहुसंख्यक जनताको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन्त समेतको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न रूपमा प्रयोग हुँदै आएको छ । ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल संवतको प्रयोग सुरु हुन्छ । हामीले मनाउने जन्मोत्सवहरू, जीवित पुर्खाहरूको जंक्व, मृत पुर्खाको नाममा गरिने श्राद्ध, तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल संवतकै तिथि अनुसारका साइतमा गरिन्छन् । यसकारण यो संवत नेपालीको जीवित सम्पदासँग सम्वन्धित संवत हो । नेपालीको मौलिक धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवित रहेसम्म नेपाल संवतको अस्तित्व पनि स्वतः जीवित रहि रहनेमा कुनै आशंका गर्ने ठाउँ छैन । तर अचेल केही नेपालीहरुले गते र तारेखका आधारमा जन्मदिनहरु मनाउन थालिएकाले भने यसमा ग्रहण लागेको हो कि भन्न सकिन्छ । 

    राजा राघवदेवको पालामा एक सामान्य व्यक्तिले प्रचलनमा ल्याएका हुनाले यसलाई खासै महत्व दिएको देखिंदैन । 

    आफ्नो सम्पूणर् धन जनताको उद्धार कार्यमा खर्चेर जनतालाई मुक्तिको सास फेर्न लगाउने र नयाँ संवत प्रचलनमा ल्याउने व्यक्ति शंखधर साख्वाः थिए ।

    शताब्दीयौंदेखि जनश्रुतिबाट अमर रहेका साख्वाः नेपाल संवत् ८२७ का अभिलेखमा शंख्वा नामले देखापरे । भूपतिन्द्र मल्लको शासनकालको नेपाल संवत् ८२७ को भक्तपुरको जेंला टोलस्थित एक शिलालेखमा नेपाल भाखा शंख्वा संवत् उत्कीर्ण भएको छ । यिनै शंखधरलाई शंख, शंख्वा, साख्वाः साख्वाल (सा — गाई, ख्वाः — अनुहार), साखवाल, साख्वाल आदि नामले चिनाउने प्रयास भएका छन् । यिनलाई वंशावलीमा कहीं व्यापारी, कहीं शुद्र त कहीं कुम्हाल, ज्यापू वा गोपाल आदिका रुपमा देखाईएको छ । 

    नेपाली इतिहासमा मुख्यतः चार वटा संवत् चल्तीमा आएका देखिन्छन् । ती हुन्, अघिल्लो लिच्छवि संवत। पछिल्लो लिच्छवी संवत्, नेपाल संवत् र विक्रम संवत् । सुमतितन्त्र ग्रन्थअनुसार नेपाल संवतमा ८०२ अंक जोडेमा त्यो शक संवत् बन्छ भनिएको छ । यही आधारमा अघिल्लो लिच्छवी संवतलाई शक संवत् भानिएको छ । त्यस्तै, पछिल्लो संवत् मानदेव दितीयको नामबाट प्रचलित मानदेव संवत् हो । नेपालमा हालसम्म भेटिएको शक संवत् अंकित शिलालेख संवत् १०७ को मालिगाउँ अवस्थित जय वर्माको शिलालेख हो । अंशुवर्माकालीन शक संवत् ५१५ देखि ५२६ सम्मका शिलालेखहरु भेटिएका छन् । त्यसपछि अंशुवर्माका संवत् २९ देखि ४५ सम्मका मानदेव संवतको संज्ञा दिन्छन् । यस संवतलाई अंशुवर्माले प्रचलनमा ल्याएको अंशुवर्मा संवत् हो भन्नेहरु पनि छन्।

    लिच्छवी संवत् ८०३ पुग्दा नेपाल संवत् शुरु भएको देखिन्छ । नेपाल संवत् शुरु भएको दिन सन् ८७९ अक्टोबर २० हो भनी कीलहर्नले पत्ता लगाएका छन् । पाटन क्वाः बहालको अष्ट सहस्रिका प्रज्ञापारमिता पुस्तकमा उल्लेख भएको चि संवत् लाई नेपाल संवत् १ ( एक) हो भन्ने तर्क पनि रहंदै आएको कुरा डा. चुन्दा बज्राचार्यले उल्लेख गरेका छन् । 

    त्यस्तै पाटनको मंगलबजारस्थित कृष्णमन्दिर अगाडिको ढुंगेधारामा उत्कीणर् गरिएको ऊँ संवत् माता लाई नेपाल संवत् (१०) दस मानिंदै आएको छ । नेपाल संवत् नै भनी किटान गरिएको सर्वप्राचीन नमुना भने एस के सरस्वती (कलकत्ता) को संग्रहमा भएको अष्ट सहस्रिका प्रज्ञापारमिता ग्रन्थ मानिएको छ, जसमा नेपाल वत्सरे १४८ प्रगने माघ शुक्ल दशम्यां भनी तिथि उल्लेख भएको छ । यसपछिका अभिलेखहरुमा यो संवतलाई श्रयस्तु संवत्, नेपालाब्द, नैपालीक संवत्, नेपाल देशीय संवत्, शुभ संवत्, नेपालीक संवत्, नेपाल भाखा संवत् आदि उल्लेख भएको पाइन्छ।

    नेपाल संवतको उत्पत्ति क्षेत्र नेपालमण्डल (काठमाडौं खाल्डो) भए पनि यसको प्रयोग यहीं मात्र सीमित भएको भने देखिदैन । नेपालको पूर्वी उदयपुर जिल्लादेखि पश्चिमका मगरात, गुल्मी, प्यूठान, लमजुंग आदि ठाउका हस्तलिखित ग्रन्थादिमा नेपाल संवत् व्यापक प्रयोग भएको पाइन्छ । यसको प्रयोग भारत र तिब्बत (चीन) मा पनि भएको प्रमाण महाचीनका मिंगवंशी राजा तायिमिंगले बनेपाका शासक शक्ति सिंह रामलाई नेपाल संवत् ५३५ आषाढ शुक्ल दशमी मिति उल्लेख गरी पठाएको फरमान पत्र, भारत कुचविहारका राना प्राणनारायणले नेपाल संवत् ७५३ उल्लेख गरी निकालेको ससुवणर् मुद्रा, शाहवंशीय राजा प्रतापसिंहको पालामा भएका नेपाल संवत् ८९५ उल्लेखित भोटसितके सन्धिपत्र आदि हुन् ।

    नेपाली इतिहासमा लिच्छवी संवत् जम्मा ८ सय वर्षसम्म चलेको छ । नेपालमा जति पनि चाडपर्व, जात्रा मेला, उत्सव मनाइन्छ ती सबै नै (केही अपवाद छाडेर) नेपाल संवतको चन्द्रमास पात्रो अनुसार नै मनाईंदै आईएको छ । नेपाल संवतको ज्ञान विना त नेपालको इतिहास र संस्कृति अध्ययन असम्भव नै छ । नेपालको इतिहास र संस्कृति अध्ययनमा सबैभन्दा महत्वपूणर् संवत् नेपाल संवत् नै हो । वास्तवमा संवत् कुनै जाति, भाषा र वर्गसंग मात्र जोडिने विषयवस्तु होइन । आज नेपाल संवतको ऐतिहासिक मौलिकता र महत्वमाथि कसैले शंका गर्ने ठाउँ नरहे जस्तै यो संवत् कुनै जाति, भाषा, वर्ग वा धर्मसंग मात्र सम्बन्धित होइन भन्ने तथ्य पनि सर्वमान्य भइसकेको छ । त्यसैले यो संवत्लाई ओझेलमा पार्नु भनेको नेपालको आफ्नो मौलिकतालाई उपेक्षा गर्नु सरह ठहर्दछ।

    औपचारिक रुपमा भने यस संवतलाई केवल “संवत” मात्र लेख्ने गरेको पाइएको छ । वर्तमान नेपाल-संवतको आरम्भ शकसंवत् ८०१ को कार्तिकशुक्ल प्रतिपदा तदनुसार वि.सं. ९३६ को कात्तिक २२ गते (२० अक्टोबर इ.सं. ८८७) देखि भएको मानिन्छ ।

    अघिल्लो पूरा एक-शताब्दीभर नै यस संवतको प्रयोग भएको कुनै पनि लिखत आजसम्म पाउन सकिएको  छैन । 

    राजा आनन्ददेवको राज्यकालमा भक्तपुर वंशगोपालकाका एकजना ज्योतिषीले भनेछन्, “आउँदो फलानो दिन रातको यतिबेला शुभयोग परेको छ । त्यतिबेला मैले दिएको मन्त्रपाठ गर्दै कान्तिपुर राज्यभित्र पर्ने विष्णुमती नदीको लखुतीर्थबाट बालुवाहरु निकाली ल्याउन सकिएमा ती बालुवाहरु अवश्य पनि सुनमा परिणत हुनेछन् ।”

    ज्योतिषीको यस भनाइमा विश्वस्त भई राजा आनन्ददेव मल्लले आफ्ना दुई भरियालाई तोकिएको समयमा कान्तिपुर राज्यको लखुतीर्थमा पठाइदिएका थिए । तोकिएको दिन तोकिएको समयमा विष्णुमती नदीको लखुतीर्थमा पुगेर ती दुई भरिया मन्त्रपाठ गर्दै बालुवा निकालिरहेका थिए । त्यतिबेला मध्यरात ढल्किसकेको थियो ।  पाठ गर्दै खोलाबाट बालुवा निकालिरहेका दुई भरियालाई देखेर शंखधरा साख्वाले “किन यसरी रातको समयमा यहाँबाट बालुवा निकालेको ?” भनी सोधनी गरे । भरियाहरुले “आफूहरु राजा आनन्ददेव मल्लको आदेशअनुसार भक्तपुर राज्यबाट बालुवा लिन आएको” भनी भक्तजनलाई जानकारी दिए ।

    उसले ती भरियालाई “पहिलो  खेप बालुवा आफ्नो घरमा पुर्‍याइदिई त्यसपछि अर्को  खेपमात्र भक्तपुरमा राजा आनन्ददेव मल्लको निम्ति लगिदेऊ” भनी आग्रह गरे । यस आग्रहबाट प्रभावित भई ती दुई भरियाले रातमा - ठिक साइतको समयमा - निकालेका दुई भारी बालुवा रातैमा शंखधर साख्वाको घर पुर्‍याइ दिए ।

    पछिल्लो खेप बालुवा बोकेर ती दुई भरिया भक्तपुर सहरतर्प लागेका थिए । भक्तपुर नपुग्दै - बीचबाटोमै उज्यालो भयो । बालुवा बोकेर यिनीहरु उज्यालो भैसकेपछि मात्र भक्तपुर राज्यको राजभवनमा दाखिल भए । फलतः यहाँबाट लगेको बालुवा बालुवा नै रह्यो, सुनमा परिणत भएन । यसबाट ज्योतिषीको कुरा झुट्टा ठहरिन आयो । राजा आनन्ददेव मल्लले ज्योतिषीलाई अपमानपूर्वक दुत्कारे । यसबाट खिन्न भई ज्योतिषीले आफ्ना पुस्तक तथा पात्राहरु सबै जलाइदिए ।

    यता, शंखधरकोे घरमा पुर्‍याइएको बालुवा भने ज्योतिषीले दिएको ठिक साइतमा निकालिएकोले भोलिपल्ट बिहानसम्ममा सुनमा परिणत भैसकेको थियो । यो थाहा पाएर आफ्नो ज्योतिष-विद्यामा विश्वस्त भई तुरुन्त नै भक्तपुर राज्यमा फर्किई राजा आनन्ददेव मल्ललाई यस कुराको जानकारी गराए । यसबाट ज्योतिषीले व्यक्त गरेको भविष्यवाणी सत्य सावित भयो । भरियाहरु दण्डित भए । आफ्नो देशका राजालाई जानकारी गराई यसै  सुनबाट राज्यका सम्पूणर् नागरिकका ऋण शंखधरले तिरिदिएका थिए । 

    यहि दिनदेखि नेपाल संवत शुरु गरिएको थियो । नेपाल देशको इतिहास नामक वंशावलीअनुसार शंख नामक साख्वाः ज्यापूले कलिर्गताब्द ३९८१, मानदेव संवत् ४९८ र शक संवत् ८०२ मा आफ्ना राजा (राघवदेव) बाट स्वीकृति लिई नेपाल संवत् १ कायम गरे । राजा राघवदेव मानदेव चौथोका छोरा थिए जसले आफ्नो राज्यकालमा श्री पशुपति भट्टारक संवत्सर चलाए भन्ने व्यहोरा उक्त वंशावलीमा उल्लेख छ ।

    ने. सं. ५२४ मा ललितपुर, सुनधारामा धर्म मल्लको शिलालेखमा कलिर्गत संवत् ४५०५, श्री विक्रमराज संवत् १४६७ (१४६१), श्री शकराज संवत् १३२६, श्रीमन्त नेपालिके संवत् ५२४ भनी लेखिएको छ । यसबाट नेपाली माटोमा जन्मिएको यो संवत् विक्रम संवत् ९३६ कार्तिकशुक्ल प्रतिपदा, ईश्वी संवत् ८७९ अक्टोबर २० मा प्रचलनमा आएको प्रमाणित हुन आउँछ । यसप्रकार नेपाल संवत् कलिर्गताब्दभन्दा ३९८१ वर्ष कान्छो, शक संवत्भन्दा ८०१ वर्ष, विक्रम संवत्भन्दा ९३६/९३७ वर्ष र इस्वी संवत्भन्दा ८७९/८८० वर्षले कान्छो देखिन्छ ।

    यो संवतको नववर्षारम्भ म्हपूजाको दिनमा हुन्छ । त्यसैले नेपाल संवतमा कार्तिकशुक्ल प्रतिपदादेखि चैत मसान्तसम्मको तिथिमा ९३६ वर्ष जोड्दा विक्रम संवत् निस्कन्छ । 

    नेपाल संवतलाई मध्यकालका लिच्छवि तथा मल्लराजाहरूले खुसीपूर्वक राजकीय सम्मानसाथ चलाउँदै आए । 

    राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रयोगका प्रमाणहरू

    नेपाल संवत् लिच्छविराजा राघवदेवको पालामा निस्केको भनी विद्वान् कनिङ्घमले प्रकाशमा ल्याएका थिए । उनको भनाइ समेट्दै इतिहासविद् बालचन्द्र शर्माले राजा राघवदेवको समयमा शंखधर साख्वाःले नेपाल संवत् प्रतिपादन गरेको भनाइ सार्वजनिक गरे ।

    त्यस्तै फ्रान्सेली विद्वान् सिल्भाँ लेभीले केशर पुस्तकालयमा प्राप्त एउटा अपूणर् ठ््यासफूमा ‘राजा श्री राघवदेव वर्ष ६३ मास ६ ।। श्री पशुपति भट्टारके संवत्सर प्रवृत्ति ।। कृत’ लेखिएकोले यो राघवदेवको पशुपति भट्टारके संवत् हो कि भन्ने भान परे पनि पछिल्लो समय प्राप्त ऐतिहासिक तथ्यका आधारमा राघवदेव आफैंले नभई शंखधर साख्वाःबाट प्रतिपादन भएको पुष्टि हुन आएको छ ।

    गुणानन्द पण्डितद्वारा संकलित तथा डेनियल राइटद्वारा सम्पादित वंशावलीअनुसार शंखधरले नेपाल संवत् सुरु गरेपछि आफ्नो घरनेर एउटा चैत्य स्थापना गरेको तथ्य हाल पनि विष्णुमती नदीकिनारको लुखुतीर्थमा देख्न सकिन्छ ।

    गाथा वंशावलीमा शंखधरले नयाँ संवत् चलाउन मानिसहरूको ऋण तिरिदिँदा प्रयोग भएको शिला सिनामंगलमा रहेको जानकारीमा आएको छ ।

    नेपाल संवतको प्रयोग विशेष गरी नेपालमण्डलभित्रका मध्यकालीन तथा पूर्वआधुनिककालीन अभिलेखहरूमा व्यापक देखिन्छ । जस्तै, नेपाल संवत् उपयोग भएको हालसम्म प्राप्त प्राचीन अभिलेखमा संवत् ४० को अष्टसाहस्रिक प्रज्ञापारमिताको ग्रन्थ हो जुन पाटनको रुद्रवणर् महाविहारमा सुरक्षित छ ।

    यो संवतलाई नेपाल संवत् भनी लेखिएको मिति १४८ को अर्को सहस्रिक प्रज्ञापारमिता हो जुन कलकत्तामा विद्वान् एसके सरस्वतीकोमा सुरक्षित छ ।

    महाचीनका मिङवंशी सम्राट तायेमिङले बनेपाका शासक शक्तिसिंह रामवद्र्धनलाई संस्कृतभाषा, रञ्जना लिपिमा लेखेर पठाएको फरमानपत्रमा ने. सं. ५३५ असारशुक्ल दशमी उल्लेख गरिएबाट नेपाल संवत्को महत्त्व चीनसम्म पुगेको स्पष्ट हुन्छ ।

    भारत, पश्चिम बंगालको कुचबिहारमा राजा प्राणनारायणले निकालेको सुवणर् मुद्रामा नेपाल संवत् ७३५ अंकित रहेको पाइन्छ ।

    १४८ वर्षसम्म संवत् मात्र भनिएको र त्यसपछि मात्र नेपाल संवत् भनिए पनि भक्तपुरको जेँलाटोलको एउटा पाटीमा पाइएको शिलापत्र आजसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा दरिलो हुन आएको छ ।

     ने. सं. ८२७ को भूपति मल्लको समयको उक्त शिलापत्रको तेस्रो हरफमा स्पष्टसँग साख्वाः संवत् ८२७ वैशाख कृष्ण दशमी उल्लेख भएको छ ।

    राजा प्रतापसिंह शाहको पालामा ल्हासा (तिब्बत-भोट) का ग्याल्छा परिबोचे लामासँग नेपाल-तिब्बतको सन्धिपत्रमा नेपालभाषा र नेपाल संवत् ८९५ भनी प्रयोग गरिएको छ ।

    ने. सं. ९५०- ९९० तिर लेखिएका भाषा वंशावली तथा इन्डिया अफिस लाइब्रेरी लन्डनमा रहेको गोरखा वंशावलीलगायतले एकै स्वरमा नेपाल संवत्को प्रवर्तक शंखधर साख्वाः नै भएको पुष्टि गरेका छन् ।

    ने. सं. ९८२ लेखिएको सम्पूणर् नेपाल संवत्सरको किताब क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।

    गोरखा वंशावलीअनुसार पशुपतिनाथको दक्षिण पश्चिम कुनाको शंखसहितको मूर्ति उनै शंखधर साख्वाःको मानिएको छ ।

    गुल्मी, प्युठान र लमजुङका पुराना हस्तलिखित कागजपत्र, नेपालका वंशावली, घटनावली, कतिपय नेपाली ग्रन्थ तथा विश्व सम्पदा सूचीमा रहेका देवल, गुम्बालगायत स्थलमा उल्लेख भएबाट यो संवत् समस्त नेपालीका लागि आफ्नै सम्पदाका रूपमा सर्वस्वीकार्य भएको सिद्ध हुन्छ ।

    वि.सं. २०४६ (ने.सं. १११०) मा सम्पन्न प्रथम ऐतिहासिक जनआन्दोलनको जगमा बनेको गिरिजा सरकारले २०५६ मंसिर २ (ने.सं. ११२० कौलाथ्व दशमी) मा नेपाल संवतको जग बसाल्ने शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरी उनीप्रति सम्मान दर्साएका छन् ।

    यो केवल व्यक्तिविशेषलाई नभई समग्र नेपाली राष्ट्रिय भावनाप्रति दर्साइएको सम्मान हो । त्यस्तै वि.सं. २०६२/०६३ (ने.सं. ११२६) मा सम्पन्न दोस्रो ऐतिहासिक जनआन्दोलनको जगमा बनेको पुष्पकमल दाहाल सरकारले २०६५ कात्तिक ७ (ने.सं. ११२८ कौलागा दशमी) का दिन नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी यसप्रति ठूलो गुन लगाएको आभास भएको छ ।

    नेपाल सम्वत् भक्तपुरमा राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवले राज्य गरिरहेको बेला काठमाडौंका शंखधर साख्वाःले चलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार