images

May 17 2024 | २०८१, जेठ ४ गते

गाँजा बहस : गिरिजाको उत्साहमा रामशरणले चिसो पानी नखन्याइदिएको भए...

गाँजा बहस : गिरिजाको उत्साहमा रामशरणले चिसो पानी नखन्याइदिएको भए...

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ २८ २०७९
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ २८ २०७९
  • गाँजा बहस : गिरिजाको उत्साहमा रामशरणले चिसो पानी नखन्याइदिएको भए...

    काठमाडौं । लागूऔषध सम्बन्धी कडा कानुन भएको मुलुक थाइल्याण्डले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधानिकता दिनासाथ नेपाल समेत स्वभाविक दबाबमा परेको छ ।

    images
    images

     

    थाइल्याण्ड गाँजालाई वैधानिकता दिन एसियाकै पहिलो देश बनेको छ । र, नेपालमा पनि बहस सुरु भएको छ, दोस्रोमा नेपाल किन आउने ? नेपालमा पनि थाइल्याण्डकै शैलीले गाँजा खुला गर्नुपर्ने कुरा उठेको छ । सडकमा कुरा उठिरहेकै थियो भने थाइल्याण्डमा गाँजाले वैधानिकता पाएको खबरले संसद पनि फेरि तातिएको छ । अब हप्ता दिनमा संसदमा थन्किएर बसेको गाँजासम्बन्धी विधेयक अघि बढ्ने संकेत आएको छ ।

     

    २०७७ फागुन तेश्रो साता प्रतिनिधि सभामा दर्ता भएको ‘गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैरसरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६)थन्किएर बसेको छ । संसदमा चर्चा मात्रै भयो । विधेयक अघि बढेन । कारणः सरकारले इच्छाशक्ति राखेन । सत्ता स्वार्थ, बाह्य दबाब र चुवानी जोडघटाउका कारण सरकारले विधेयक अघि बढाउन जाँगर चलाएको छैन ।

     

    तर, अब सरकारलाई पनि दबाब बढेको छ । लागूऔषध सम्बन्धी कडा कानुन भएको एसियाली मुलुक थाइल्याण्डले गाँजालाई वैधानिकता दिनासाथ नेपाललाई अटोमेटिक दबाब परेको एमाले सांसद एवं विधेयकका प्रस्तावक शेरबहादुर तामाङले बताए ।
    उनले भने, ‘विधेयक संसद सचिवालय मै छ, तर विषय व्यापक चर्चामा छ । एक हप्ताभित्रमा केही न केही सुन्न पाइन्छ ।’ भन्नुको अर्थ के विधेयक टेबुल हुन्छ संसदमा ? जवाफमा उनले भने, ‘यसरी भनौँ न, केही न केही प्रोसेस सुरु हुन्छ ।’ सांसद तामाङका अनुसार आन्तरिक रुपमा सबै जना यो विधेयक पास हुनुपर्ने पक्षमा छन् । गाँठो परेको सरकारको इच्छाशक्तिमा मात्रै हो ।

     

    गाँजाको उल्कै झाडी हुने क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद भूमि त्रिपाठीले समेत सांसदहरु सबै विधेयक पारित गर्ने पक्षमा रहेको बताए । उनले भने, ‘बजेटको छलफल चलिरहेकाले त्यो विधेयक अघि नबढेको हो । बजेट पारित हुनासाथ यो विधेयक अघि बढ्छ । शेरबहादुर जीले भनेको कुरा सही नै हो । हामी सांसदहरु सबै तयार छौँ । सरकारको इच्छाशक्तिमा मात्रै कुरा अड्किएको हो ।’

     

    त्रिपाठीका अनुसार यदि संसदले यो विधेयक पास गर्ने सन्दर्भमा सांसदलाई स्वतन्त्र छोडिदिने हो भने, बहुमत होइन दुई तिहाईले पारित हुन्छ । सांसद त्रिपाठीले अगाडि भने, ‘थाइल्याण्डले गाँजा खुला गरेपछि हामीलाई पनि खोल्नुपर्ने दबाब बढ्यो । सरकार किन आँट गरिरहेको छैन ? किन अल्झिराखेको छ ? थाहा छैन । प्रधानमन्त्रीलाई कतैबाट दबाब छ भने म जान्दिन, आफु एक देशभक्त नेपाली भएको सम्झिएर अघि बढ्नु हुन्छ भने आँखा चिम्लिएर यो विधेयक टेबुल गर्न दिनुभए हुन्छ ।’

     

    उनले राष्ट्र संघमा गाँजालाई खुला गर्ने सन्दर्भमा भएको मतदानमा नेपालकै मत निर्णायक भएको घटना स्मरण गर्दै औषधिका लागि खुला गर्ने कुरासँगसँगै ‘खान पाउने, लान नपाउने’ढाँचामा अघि बढे झन् फाइदा हुन्छ, भने । यसले विदेशी पर्यटकको ओइरो लाग्ने र जनताको जीवनस्तर व्यापक उठ्ने तर्क सांसद त्रिपाठीले गरेका छन् । यद्यपि, नियन्त्रणको सन्दर्भमा पनि कतै पनि चुक्नु नहुने उनको धारणा छ ।

    राष्ट्र संघमा नेपालले हालेको निर्णायक मत
    नेपाले गाँजा खेतीमा लागेको प्रतिबन्ध फुकुवा गर्ने पक्षमा संयुक्त राष्ट्र संघमा मत हाल्यो । नेपाली तिथि अनुसार २०७७ मंसिर १७ गते बुधबार नेपालले संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा गाँजा फुकुवा गर्ने पक्षमा हालेको हो । जुन मत नै निर्णायक भयो ।

     

    नेपाल सरकारकै निर्णयानुसार अष्ट्रियाको आवासीय राजदूत प्रकाशकुमार सुवेदीले गाँजा खेती खुलाउने पक्षमा मतदान गरेका थिए । गाँजा लागू औषध नभएको र यसमाथिको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने ? भन्ने विषयमा भएको मतदानमा पक्षमा २७ मत र विपक्षमा २५ मत परेको थियो । विश्वका ५३ देशका सदस्य रहेको राष्ट्र संघको बोर्डमा भएको मतदानमा एक सदस्य अनुपस्थित रहे । नेपालकै कारण गाँजामाथिको प्रतिवन्ध फुकुवा गर्ने प्रस्ताव बहुमतले पारित भयो । संसारभर गाँजाले औषधिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पायो । तर, गाँजालाई वैधानिकता दिने सन्दर्भमा भने नेपाल नै बिलम्ब गरिरहेको छ ।

     

    थाइल्यान्डको सार्वजनिक स्वास्थ्य मन्त्रालयले करिब १० लाख गाँजाका बिरुवा सर्वसाधारणलाई बाँड्ने  बताएको छ । नेपालको संसदमा दर्ता गाँजासम्बन्धी विधेयकले समेत एक घर परिवारमा घरायसी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न सकिने भनी उल्लेख छ । कपडा बनाउन र औद्योगिक प्रयोजनका लागि पनि यसको खेती गर्न पाउनुपर्ने कुरा विधेयकमा भनिएको छ ।

    अनुमतिपत्र नलिई गाँजा खेती गर्न, ओसारपसार गर्न वा निकासी गर्न पाइनेछैन । जसरी थाइल्याण्डले नसाका रुपमा प्रयोग गर्न नदिने भनेको छ, नेपालमा पनि त्यसरी नै नियमनका साथ यसको खेती र उपयोग गर्ने भनिएको छ । यसको नियमनका लागि बोर्ड समेत प्रस्ताव गरिएको छ, विधेयकमा । पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेटलगायत सञ्चारमाध्यममा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न नपाउने कुरा विधेयकमा लेखिएको छ ।

    गाँजा वैधानिक महाअभियान
    अहिले नेपालमा देशव्यापी चलिरहेको छ, गाँजा वैधानिक महाअभियान । स्वस्फूर्त चलेको यो महाअभियानले ६० दिनभित्र देशभरबाट १० लाख हस्ताक्षर संकल गर्ने लक्ष्य लिएको छ ।

     

    युवाहरु संगठित रुपमै गाँजाको वैधानिक अभियानमा लागेका छन् । महाअभियानका राष्ट्रिय संयोजक जोशेफ मदन कोइरालाले भने, ‘हामीले ६० दिने हस्ताक्षर संकलन कार्यक्रम चलाइरहेका छौँ । तीन महिनाभित्रमा हामीले राष्ट्रपतिलाई त्यो हस्ताक्षर बुझाउने योजना राखेका छौँ ।’

     

    गाँजाको विधेयक बनाउने सन्दर्भमा यो अभियान पनि सरिक भएको भएको छ । तर, हिजो गाँजाको विषयमा बोल्दै हिँडेका स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भने यो महाअभियानको मन कुँडिएको छ । राष्ट्रिय संयोजक कोइरालाले भने, ‘स्वास्थ्यमन्त्री खतिवडा हिजो जसरी प्रस्तुत भएका थिए । अहिले उनी सेलाएका छन् ।’

     

    खतिवडा सरकारमा गएपछि अनुहार फेरियो । उनले अगाडि भने, ‘निवासमा गएर हामीले कुरा राख्दा उहाँले उल्टै तिमिहरुले यो विधेयक बनाउन कति समय, कति पैसा र कति वुद्धि खर्च गरेका छौ, मलाई त्यो सबै थाहा छ भन्नु भयो । त्यसपछि हामी उहाँबाट निरास भयौँ । र, निष्कर्ष निकाल्यौँ । उहाँले हिजो भोटको राजनीति गर्न र आफ्नो छोरीलाई मिस नेपाल बनाउन मात्रै गाँजाको भाषण गर्नु भएको रहेछ ।’ अहिले गाँजाको कुरा गर्नेलाई खतिवडाले हकारेर पठाउँछन् ।


    भारतअघि घुँडा टेक्ने प्रवृत्तिको उपज
    नेपालमा पहिले गाँजाका लागि टेण्डर आह्वान हुने गरेकोदेखि लाइसेन्स वितरणका तथ्यहरु खुलिसकेका छन् । त्यसप्रकारका सूचना प्रकाशित भएका अभिलेखहरु समेत बाहिर आइसकेका छन् । तर, खासगरी गाँजाको वैधानिकताका लागि भएका केही पहलहरु कसैको दबाब वा प्रभावले रोकिएको तथ्यहरु कमै खुलेका छन् ।

     

    अनुसन्धानमा असाध्य अब्बल भनिएको नेपाल प्रहरीको ‘चिफ’ हुनबाट रोकिएका नवराज सिलवाल अहिले मुख्य विपक्षी एमालेका सांसद छन्, ललितपुरबाट । उनी कुनै समय नेपाल प्रहरीको जिम्मेवार पदमा हुँदा एउटा मिसनमा गए । जहाँ उनको भेट भयो, राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानसँग । अन्नानसँगको कुराकानीका क्रममा कुरा आयो गाँजाको । अन्नानसँगको संवादका क्रममा सिलवालले थाहा पाए, विश्व स्वास्थ्य संगठनसँगको पहुँचको त्यान्द्रो प्रयोग गरेर छिमेकी भारतले अरबौँको गाँजा निर्यात गर्दो रहेछ । अनि सिलवालले यस्तो जाबो झार त मेरो देशमा जताततै कति छ, कति भन्दिए, अन्नानलाई । अन्नानले चासो राखे, ‘साँच्चै हो, हो भने एउटा स्याम्पल पठाउनु ।’

     

    अन्नानको चासोले सिलवाललाई थप कुराकानीको बाटो खुल्यो । उनले वाग्लुङबाट ल्याएको गाँजाको स्याम्पल पठाइदिए । त्यसको परीक्षण नतिजाले भारतबाट आयात भइरहेको गाँजामा भन्दा टीएचसी असाध्य राम्रो भएको भनेर देखायो । अनि अन्नानले सिलवाललाई चिठ्ठी थमाए, ‘यो चिठ्ठी तेरो प्रधानमन्त्रीलाई दिनु ।

     

    डब्ल्यू एचओले औषधिका लागि तिम्रो मुलुकबाट गाँजा आयात गर्छ ।’ सिलवालले त्यसै गरे । अन्नानको चिठ्ठी लिएर उनी  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भा’ठाउँ पुगे । गाँजालाई वैधानिकता दिनुपर्छ भन्ने पक्षमा रहेका गिरिजा सिलवालको कुरा र अन्नानको चिठ्ठी सुनेर झन उत्साही भए । त्यो उत्साह उनले आर्थिक मामिला जानेका डा. रामशरण महतलाई सुनाए ।

    रामशरणले उनको उत्साहमा हेरफेर नगरी स्वाँठ्ठै चिसो पानी खन्याइदिए । त्यसो गरे ठूलो अनिष्ट हुने डर रामशरणले देखाए । र, भने, ‘यो कुरा अघि बढाउनु पहिले आफ्नो कुर्सी हेर्नु । गाँजाको कुरा गर्नुभयो भने ठूलो अनिष्ट हुन्छ ।’ रामशरणको आशय नै के थियो भने, ‘भारतले नेपालबाट गाँजा निर्यात भएको हेर्न चाहन्न । र, निहुँ खोजे निमेषभरमा सत्ता उडाइदिन्छ ।’ अनि गिरिजाप्रसाद हच्किए । विदेशीको डरले टाउकोमो पुच्छर राख्ने डरछेरुवा अर्थविज्ञ नेता पटक–पटक अर्थमन्त्री हुँदा मुलुकको अर्थतन्त्र उकास्न कुनै लछारपाटो नलगाएको कुरा कतै लुकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट