images

May 17 2024 | २०८१, जेठ ४ गते

सुनकाण्डमा प्रधानमन्त्री मातहतकाे निकायबाट मात्रै अनुसन्धान गरिनु शंकास्पद !

सुनकाण्डमा प्रधानमन्त्री मातहतकाे निकायबाट मात्रै अनुसन्धान गरिनु शंकास्पद !

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • सुनकाण्डमा प्रधानमन्त्री मातहतकाे निकायबाट मात्रै अनुसन्धान गरिनु शंकास्पद !

    काठमाडौं । एक क्विन्टल सुन तस्करी काण्डमा प्रधानमन्त्री मातहतकाे निकायबाट मात्रै अनुसन्धान गरिनु शंकास्पद देखिएकाे छ ! उच्च तहका राजनीति नेताहरुलाई बचाउन प्रधानमन्त्रीले आफू मातहतका निकायबाट अनुसन्धान गराएकाे भन्दै सत्तारुढ दलका नेताहरुले विराेध गर्न थालेका छन ।

    images
    images

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्विन्टल सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभाग आफैँले मात्रै छानबिन गर्नु शंकास्पद रहेको जनाएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुन काण्डमा प्रहरीलाई संलग्न नगराउनु र विभाग आफैँले मात्र छानबिन गर्नु सोचनीय विषय भएको उल्लेख गरे ।

    सुन काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बाइपास गर्नु आफैँमा चाख लाग्दो विषय भएको भन्दै उनले पत्रकारहरुलाई आफैँ बुझ्न सुझाव दिए । साथै उनले राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिनु गलत भएको र आफूहरुले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पटक पटक अर्थ मन्त्रालयमै फर्काउन आग्रह गरेको जनाए ।

    ‘यो सुन काण्डमा मलाई बढो इन्ट्रेस्टिङ के लागि रहेको छ भने, सीबीआई इन्भल्ब छैन । राजस्व अनुसन्धान विभाग मात्रै संलग्न छ । उसले कति गर्न सक्छ, सक्दैन ?,’ उनले भने, ‘पहिला अर्थमन्त्रालय मातहत राजस्व अनुसन्धान विभाग हुन्थ्यो । जुन बेला ओलीजी प्रधानमन्त्री हुनु भयो, त्यसबेला उहाँले राजस्वलाई प्रधानमन्त्री कार्यालयमा ल्याउनु भयो । शेरबहादुरजीको पालामा हामीले पटक पटक भनिरह्यौँ, अर्थमै फर्काउनुहोस्, यो गलत हुन्छ भनेर । उहाँले पनि फर्काउनु भएन । अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनु भएको छैन ।’

    नेता कोइरालाले सुन काण्ड हुनुभन्दा एक साताअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालको पीए रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाइएको भन्दै यसमा शंका गर्नु पर्ने ठाउँ रहेको संकेत गरे । उनले भने, ‘त्यतिमात्रै होइन जो डीजी हुनुहुन्छ, सुन काण्डभन्दा १० दिन पहिले या सातै दिन पहिला होला । प्रधानमन्त्री जीको पीए हुनुहुन्थ्यो । सोझ्दै जाऔँ, यसरी हामी कहाँ पुग्न खोज्दै छौँ ?’

    साथै नेता कोइरालाले यस्ता काण्ड जब हुन्छन् तब शीर्ष नेताहरु गोप्य छलफलमा बस्ने गरेको उल्लेख गर्दै सबैले ध्यान दिनु पर्ने जनाए । ‘एउटा रमाइलो कुरा तपाईंहरुले मार्क गर्नु भएको छ कि छैन । मलाई चाहिँ बढो रमाइलो लाग्छ,’ उनले भने, ‘कुनै इस्यु आउँछ, घट्ना हुन्छ । अलिकति अगाडि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरु एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन्, के छलफल गर्छन् थाहा छैन मलाई । हिजो अस्ति पनि छलफल भएको छ क्यार ?’

    यसै विषयलाई लिएर निरन्तर संसद् अबरुद्ध बन्दै आएकाे छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट