images

May 17 2024 | २०८१, जेठ ४ गते

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
  • दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

    दक्षिण कोरिया । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो । यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति हुनुभएका युन सुक योललाई पनि समस्यामा पारेको छ । 

    images
    images

    निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ । यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ ।

    योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्व न्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पिपिपीका पूर्व नेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यू रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ । 

    चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो ।

    चुनावका लागि योग्य  चार करोड ८२ लाख कुल मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ । दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो । 

    चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट