images

May 02 2024 | २०८१, वैशाख २० गते

 सुनको मुल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

 सुनको मुल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  •  सुनको मुल्यको नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो । यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

    images
    images

    मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार