images

May 17 2024 | २०८१, जेठ ४ गते

सप्ताहन्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इरानको इजराइललाई चेतावनी

सप्ताहन्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इरानको इजराइललाई चेतावनी

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  • सप्ताहन्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इरानको इजराइललाई चेतावनी

    इरानका राष्ट्रपति रायसी इब्राहिमले इजराइललाई सप्ताहन्तमा इरानको अभूतपूर्व ड्रोन र मिसाइल आक्रमणप्रति ‘सानो पनि कदम’ चाले ‘पीडादायी प्रतिक्रिया’ को सामना गर्नुपर्ने चेतावनी दिएका छन् । 

    images
    images

    सिरियास्थित दमास्कस वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमणको जवाफमा शनिबार इरानले इजराइलमाथि पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । दूतावासमा भएको आक्रमण इजराइलले गरेको आरोप इरानले लगाएको छ । 

    उक्त आक्रमणमा इरानी दूतावासको पाँच तले कन्सुलर खण्ड ध्वस्त भएको थियो भने दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए । “इरानको हितविरुद्ध थोरै पनि कारवाहीप्रति निश्चितरूपमा गम्भीर, व्यापक र पीडादायी जवाफ दिइने छ भन्ने हामी दृढतापूर्वक घोषणा गर्दछौँ”, राष्ट्रपति रायसीले सोमबार राति कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँगको टेलिफोन वार्तामा भने । 

    उनले इरानले ‘आत्मरक्षा’ का लागि काम गरेको दोहोर्याए । उनको कार्यालयको विज्ञप्तिमा अपरेसनले वाणिज्य दूतावासमा आक्रमण गर्न प्रयोग हुने इजराइली आधारहरूलाई लक्षित गरिएको उल्लेख छ । उनले इजराइलका लागि केही पश्चिमी सरकारको समर्थनको आलोचना गरे । 

    व्यापक क्षेत्रीय द्वन्द्वको आशङ्काका कारण विश्वका नेताहरूले संयमता अपनाउन आग्रह गरेको भए पनि इजराइली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले सोमबार अभूतपूर्व आक्रमणको जवाफ दिइने वाचा गरे । “इजराइली क्षेत्रमा यति धेरै मिसाइल, क्रुज मिसाइल र युएभीको प्रक्षेपणको जवाफ दिइने छ”, हलेवीले नेवातिम एयरबेसमा सैनिकहरूलाई भने । 

    अमेरिका र अन्य सहयोगीको मद्दतमा अधिकांश इरानी हतियारलाई खसाइएको र आक्रमणमा न्यूनतम क्षति मात्र भएको इजराइली सेनाले बताएको छ । इरानले इजराइलमा आफ्नो ‘सीमित’ आक्रमण गर्नुअघि अमेरिकालाई सूचित गरेको र छिमेकी मुलुकहरूलाई ७२ घन्टाको चेतावनी दिएको बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार